शिओमीको एमआई प्याड २ ट्याबलेट, दुईवटा अपरेटिंग सिस्टममा संचालन हुने

Technology Khabar ८ मंसिर २०७२, मंगलवार

शिओमीको एमआई प्याड २ ट्याबलेट, दुईवटा अपरेटिंग सिस्टममा संचालन हुने

काठमाडौं ।

काठमाडौं, ८ मंसिर । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी शिओमीले(Xiaomi) नयाँ ट्याबलेट एमआई प्याड २ (Mi Pad 2) सार्वजनिक गरेको छ । कम्पनीले यसअघि ल्याएको एमआई प्याडको अपडेटेड मोडललाई अझै पातलो र हलुका बनाएर ल्याएको छ ।

शिओमीको एमआई प्याड २ मा एल्मुनियम बडि रहेको छ भने यसको मोटाई केबल ६.९५ मिलिमीटर रहेको छ तर यसअघिको मोडलको मोटाई ८.५ मिलिमीटर रहेको थियो । त्यस्तै यसको तौल पनि घटाएर ३२२ ग्राम रहेको छ । शिओमीका एमआई प्याड २ एप्पलको आईप्याड मिनी ४ बाट अभिप्रेरित रहेको छ ।Mi Pad_3

एमआई प्याड २ ६४ बिटको २.२४ गीगाहर्जको क्वाड कोर इन्टेल एटोम एक्स५ जेड८५००(64 Bit Quad-Core Intel Atom X5-Z8500) प्रोसेसरद्धारा संचालन हुन्छ भने यसमा २ जीबीको र्याम रहेको छ । यसअघिको पुरानो मोडलमा भने एनभिडीए टेग्रा के वान प्रोसेसर रहेको थियो ।

कम्पनीले ल्याएको नयाँ ट्याबलेटमा ७.९ इन्चको डिस्प्ले रहेको छ जसको रिजोल्यूशन २०४८X१५३६ पिक्सेल रहेको छ । यो ट्याबमा ८ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ । Mi Pad_2

यसमा ६,१९० एमएएचको ब्याट्री रहेको छ, जसले कम्पनीकाअनुसार ६४८ घण्टाको स्ट्याण्डबाई टाइम तथा १०० घण्टाको म्यूजिक प्ले र १२.५ घण्टासम्म भिडियो हेर्न सकिन्छ ।

यो ट्याबलेटले वाईफाई सपोर्ट गर्दछ भने यसमा नयाँ यूएसबी टाइप सी राखिएको छ । यो ट्याबलेटको इन्टरनल स्टोरेज क्षमताअनुसारको फरक फरक अपरेटिंग सिस्टममा आधारित रहेको छ । यसको १६ जीबी इन्टरनल स्टोरेजको ट्याबलेट संस्करण एन्ड्रोयडको ललीपप ५.१ भर्सन तथा एमआईयूआई ७ मा आधारित रहेको छ भने ६४ जीबीको संस्करणको ट्याबलेट विण्डोज १० अपरेटिंग सिस्टममा संचालन हुन्छ ।Mi Pad_1

शिओमीको एमआई प्याड २ डार्क ग्रे तथा स्यामपेन गोल्ड कलरमा उपलब्ध हुनेछ भने यसको दुई संस्करण खरिद सकिनेछ । एमआई प्याड २ को १६ जीबीको मूल्य चीनियाँ यूआन ९९९ अर्थात १५६ अमेरिकी डलर तोकिएको छ भने ६४ जीबीको मूल्य चीनियाँ यूआन १२९९ अर्थात २०३ अमेरिकी डलर तोकिएको छ । यो ट्याबलेट डिसेम्बर महिनादेखि विश्व बजारमा खरिद गर्न सकिने बताइएको छ । एजेन्सीको सहयोगमा

easy care

प्रकाशित: ८ मंसिर २०७२, मंगलवार

ताजा समाचार