सामसुंगको ग्यालेक्सी जेथ्री स्मार्टफोन चीनमा लिस्टेड, ५ इन्चको सूपर एमोलेड स्क्रीन

Technology Khabar ६ मंसिर २०७२, आईतवार

सामसुंगको ग्यालेक्सी जेथ्री स्मार्टफोन चीनमा लिस्टेड, ५ इन्चको सूपर एमोलेड स्क्रीन

काठमाडौं ।

काठमाडौं, ६ मंसिर । सामसुंगले जे सिरिजको ग्यालेक्सी जे थ्री (Galaxy J3) स्मार्टफोन कम्पनीको साइटमा लिस्ट गरेको छ । कम्पनीको ग्यालेक्सी जेथ्री स्मार्टफोनले केहि दिन अघि मात्रै टेना र थ्रीसीबाट सर्टिफिकेट पाएको थियो ।

सामसुंगले ग्यालेक्सी जेथ्री स्मार्टफोनलाई केहि फरक नाममा (Galaxy J3) चीनको आफ्नो आधिकारीक वेबसाइटमा लिस्टेड गरेको हो । लिस्टेड मोडलको स्मार्टफोन चाइना टेलिकम संस्करणको लागि भएको अनुमान गरिएको भएपछि यसअघि सार्वजनिक भएका ग्यालेक्सी जेथ्रीका डिजाइन र विशेषताहरुसँग मिल्दोजुल्दो रहेको छ ।MobilesKhabar_2

हालै लिस्टेड भएको यो स्मार्टफोनमा १.२ गीगाहर्जको क्वाड कोर सिपियू राखिएको छ । यसमा ५ इन्चको सूपर एमोलेड (Super AMOLED) डिस्प्ले राखिएको छ । फोनमा १.५ जीबीको र्याम तथा ८ जीबीको इन्टरनल स्टोरेर रहेको छ जसलाई माइक्रोएसडी कार्डद्धारा बढाउन सकिन्छ ।MobilesKhabar_3

ग्यालेक्सी जे थ्रीमा ८ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ भने यसमा २,६०० एमएएचको ब्याट्री प्याक रहेको छ । यो क्यामरा ७.९ मिलिमीटर मोटाइ तथा १३८ ग्रामको रहेको छ ।

आधिकारीक लिस्टिंगले यो स्मार्टफोन एन्ड्रोयडको कुन अपरेटिंग भर्सनमा आधारित रहेको छ भन्ने कुनै जानकारी दिएको छैन् तर यसअघि टेनाबाट प्रमाणित भएको स्मार्टफोनमा भने ललीपप ५.१.१ भर्सनमा आधारित रहेको छ । MobileKhabar_4

यो स्मार्टफोनमा मिल्क म्यूजिक एप इनबिल्ट रहेको छ भने यसमा भएको स्मार्ट म्यानेजर टूलले भाइरस स्क्यानिंग तथा ब्याट्री मनिटर गर्ने विशेषता राख्दछ ।

यो स्मार्टफोन चीनियाँ बजारमा कति मूल्यमा उपलब्ध हुन्छ भन्ने केहि जानकारी छैन् भने विश्व बजारमा आउने नआउने बारे केहि जानकारी छैन् ।

सामसु‌गले जे सिरिजका फोनहरु विकासशिल मुलुकको उदाउँदो बजारमा ध्यानमा राखेर बजेट फोनकोरुपमा सार्वजनिक गरिरहेको छ ।

easy care

प्रकाशित: ६ मंसिर २०७२, आईतवार