आईओएस तथा एन्ड्रोयडका लागि फलआउट च्याट एप, एनिमेटेड गिफ्ट पठाउन सकिने

Technology Khabar १९ कार्तिक २०७२, बिहीबार

आईओएस तथा एन्ड्रोयडका लागि फलआउट च्याट एप, एनिमेटेड गिफ्ट पठाउन सकिने

काठमाडौं ।

काठमाडौं, १९ कात्तिक । भिडियो गेम बनाउने कम्पनी बेथेस्टा सफ्टवर्क्सले एन्ड्रोयड तथा आईओएस प्रयोगकर्ताका लागि नयाँ च्याटिंग एप सार्वजनिक गरेको छ । कम्पनीले फलआउट च्याट(Fallout C.H.A.T) नामक एप आईफोन तथा एन्ड्रोयड फोन यूजर्सका लागि ल्याएको हो ।

कम्पनीका अनुसार यो एपको प्रयोग उत्कृष्ट संचारका लागि प्रयोग गर्न सकिन्छ । यो एपको प्रयोग गरेर च्याटका साथै लेटर्सको साथै ६० फलआउट फोर इमोजी, एनिमेटेड गिफ्टको प्रयोग गर्न सकिन्छ । भल्ट ब्वाई (Vault Boy) क्यारेक्टर यो च्याट एपको मूख्य फीचर हो, जसलाई म्यासेजसँगै जोडेर पठाउन सकिन्छ ।Fallout Chat

यो च्याटिंग एप प्रयोग गर्नका लागि प्रयोगकर्ताका लागि सबैभन्दा पहिले न्यू कम्यूनिकेशन म्यासेज कम्पोज गर्नुपर्ने हुन्छ । म्यासेजका लागि प्रयोगकर्ताले फोनमा ह्यांगआउट, ह्वाट्सएप, जीमेल, याहूमेल, फेसबुक तथा ट्वीटरको जस्तै फलआउट च्याट एप इन्टल गर्नुपर्दछ ।

फलआउट च्याट एप आईओएस ८.४ भर्सन तथा एन्ड्रोयड जेलीबीन भन्दा माथिको अपरेटिंग सिस्टममा मात्र सपोर्ट गर्दछ ।
आईओएसमा यो एपको साइज ९४ एमबी तथा एन्ड्रोयडमा यसको साइज ५३ एमबी रहेको छ । यो एप आईट्यून तथा गूगल प्ले स्टोरबाट निशुल्क डाउनलोड गर्न सकिन्छ ।

यो एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

easy care

प्रकाशित: १९ कार्तिक २०७२, बिहीबार

ताजा समाचार