स्वाईपको निकै सस्तो फोन इलाईट सार्वजनिक, फोनमा २ जीबीको र्याम

Technology Khabar २९ श्रावण २०७२, शुक्रबार

स्वाईपको निकै सस्तो फोन इलाईट सार्वजनिक, फोनमा २ जीबीको र्याम

काठमाडौं ।

काठमाडौं, २९ साउन । भारतीय स्मार्टफोन निर्माता कम्पनी स्वाईपले नयाँ फोन सार्वजनिक गरेको छ । कम्पनीको यो फोन ई-कमर्श साइट फ्लिपकार्टबाट अगस्ट १९ तारिखदेखि मात्र खरिद गर्न सकिन्छ ।

स्वाईपले लो-बजेट स्मार्टफोनको रुपमा ल्याएको इलाईट फोनमा फीचर्सहरु भने अन्य स्मार्टफोनहरुको जस्तै रहेको छ ।

यो स्मार्टफोनमा ५ इन्चको फूल एचडी डिस्प्ले रहेको छ, जसको रिजोल्यूशन ७२०ह्१२८० पिक्सेल रहेको छ । यो फोनमा मिडियाटेकको १.२ गीगाहर्जको क्वाड कोर प्रोसेसर रहेको छ । स्वाईप इलाईटमा २ जीबीको र्याम तथा १६ जीबीको इन्टरनल मेमोरी रहेको छ, जसलाई माइक्रो एसडी कार्डको मद्धतबाट ३२ जीबीसम्म पुर्याउन सकिन्छ ।Swipe-Elite

यो स्मार्टफोन एन्ड्रोयडको ललीपप ५.० भर्सनमा काम गर्दछ ।

यो फोनमा एलईडि फ्ल्याशका साथमा १३ मेगापिक्सेलको क्यामरा रहेको छ भने ८ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ । कनेक्टिभिटीका लागि यसमा थ्रीजी, वाईफाई, ब्लूटूथ ४.० अप्शन रहेको छ ।

२,५०० एमएएचको ब्याट्री राखिएको स्वाईप इलाईटको बजार मूल्य भारु ५,९९९ रहेको छ ।

easy care

प्रकाशित: २९ श्रावण २०७२, शुक्रबार