जियोनिले बजेट स्मार्टफोन ल्याउँदै, ‘पी टु एम’ नेपाली बजारमा आउने

Technology Khabar ७ श्रावण २०७२, बिहीबार

जियोनिले बजेट स्मार्टफोन ल्याउँदै, ‘पी टु एम’ नेपाली बजारमा आउने

काठमाडौं ।

काठमाडौं, ७ साउन । जियोनिले चाँडै एक नयाँ बजेट स्मार्टफोन जियोनि पायोनियर पी टु एम ( Pioneer P2M) नेपाली बजारमा भित्र्याउँदैछ । जियोनिका प्रमुख विलियम लुले असारमा आफ्नो नेपाल भ्रमणका क्रममा भने अनुसार, जियोनिले अब नेपाली बजारमा प्रिमियम प्रयोगकर्तामा लक्षित मोडेलहरु सँगसँगै बजेट मोडेलहरुमा पनि सार्वजनिक गर्ने कम्पनीले जनाएको छ ।

ड्यूअल सिम र ४ इन्चको डब्लुभीजीए स्क्रिन भएको पायोनियर पी टु एम हातमा सजिलै अट्ने कम्प्याक्ट डिजाइनमा उपलब्ध छ । यसै मुल्यमा पाइने अरु मोडेलको तुलनामा जियोनिको यो मोडेलमा धेरै फिचरहरु रहेको छ । पायोनियर पी टु एममा ३,००० एम ए एच को ठुलो ब्याट्री रहेको छ, जुन यो मूल्यमा पाईने सबै भन्दा ठुलो ब्याट्री हो । साथै फोनमा रहेको एक्स्ट्रिम पावर सेभिङ्ग मोडले एकदमै कम ब्याट्रीमा पनि फोनलाई चलाउन सकिनेछ ।

यसका साथै यो मुल्यमा अरु कुनै फोनमा पनि १६ जी बि इन्टरनल स्टोरेज क्यापासिटि रहेको छैन र मेमोरी कार्डको माध्यमबाट अझ ३२ जी बि मेमोरी यो फोनमा थप्न सकिनेछ । जियोनिको पायोनियर पी टु एममा १.३ गिगाहर्जको क्वाड कोर सी पी यु र १ जी बि र्याम रहेको छ ।

पायोनियर पी टु एममा ५ मेगा पिक्सलको रियर क्यामेरा र ०.३ मेगा पिक्सलको फ्रन्ट क्यामेरा रहेको छ । यो मोडेलमा आन्ड्रोइड ५.१ ललिपपमा आधारित अमिगो ३.० अपरेटिङ्ग सिस्टम रहेको छ र कमिलियन जस्ता जियोनिकै एक्सक्लुसिभ एप पनि यसमा हुनेछ ।

नेपाली बजारमा रु ९,९९९ मा किन्न सकिने जियोनि पायोनियर पी टु एम तीन रंग – कालो, सेतो र सुनौलोमा उपलब्ध हुने कम्पनीले जारी गरेको प्रेस रिलिजमा उल्लेख छ ।

easy care

प्रकाशित: ७ श्रावण २०७२, बिहीबार