हुवावेको जिएसएम प्लस सिडिएमए स्मार्टफोन बजारमा

Technology Khabar २० चैत्र २०७१, शुक्रबार

हुवावेको जिएसएम प्लस सिडिएमए स्मार्टफोन बजारमा

काठमाडौं ।

काठमाडौं, २० चैत । हुवावे मोबाईलले नेपाली बजारमा नयाँ जिएसएम प्लस सिडिएमए स्मार्टफोन भित्र्याएको छ । हुवावेले नेपाली बजारलाई सुहाउँदो स्मार्टफोन ल्याएको छ, जसमा जिएसएम र सिडिएम दुवै नेटवर्क प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले ल्याएको नयाँ स्मार्टफोनमा १ जीबीको र्याम राखिएको छ, अधिक क्षमताको र्याम भएको हुँदा मोबाईल प्रयोगकर्ताले विभिन्न किसिमका एप्स निकै सहजरुपमा चलाउन सक्दछन् । यो स्मार्टफोनमा ४ जीबीको आन्तरिक मेमोरी रहेको छ जसलाई माईक्रो एसडी कार्डको मद्धतले बढाउन सकिन्छ । यसमा प्रयोगकर्ताले आफुलाई मनपरेको फोटो, भिडियो म्यूजिक तथा विभिन्न किसिमका डकुमेन्टहरु सुरक्षित गर्न सक्नेछन् ।

१.२ गीगाहर्जको क्वाड कोर प्रोसेसरयुक्त यो स्मार्टफोनमा फोटो खिच्नको लागि पछाडिको भागमा ८ मेगापिक्सेलको रियर क्यामरा छ भने सेल्फी खिच्नको लागी अगाडि २ मेगापिक्सेलको क्यामरा राखिएको छ ।

एन्ड्रोयडको किटक्याट ४.३ भर्सनमा आधारित हुवावेको नयाँ फोन नेपाली ग्राहकहरुले निकै मन पराउने आशा गरिएको छ । स्थानिय बजारमा आएको केहि दिनमा नै नयाँ फोनको माग उत्साहपूर्ण रहेको टेलि टू प्रालिका निर्देशक रोशन विष्टले जानकारी दिए ।

यो फोनमा वाईफाई, ब्लूटूथ, ग्राभिटी सेन्सरलगायतका फीचर राखिएका छन् । थ्री जी सपोर्ट गर्ने यो स्मार्टफोनमा ईभिडियो पनि प्रयोग गर्न सकिने छ । फोनमा २००० एमएएच ब्याट्री राखिएको छ ।

नयाँ स्मार्टफोनमा ५ इन्चको स्क्रीन रहेको छ भने यसको बजार मुल्य १६ हजार ५ सय रुपैंया तोकिएको छ । सेतो र कालो रंगमा उपलब्ध नयाँ स्मार्टफोनले नेपाली ग्राहकहरुको छिटै मन जित्नेछ । हुवावेको नयाँ स्मार्टफोन खरिदमा मोबाईल कभर र स्टीकर निशुल्क रुपमा उपलब्ध हुनेछ ।

easy care

प्रकाशित: २० चैत्र २०७१, शुक्रबार

ताजा समाचार