माइक्रोसफ्टले ल्यायो बजेट स्मार्टफोन लुमिया ४३०, सस्तो विण्डोज फोन ७० डलरमा नै उपलब्ध

Technology Khabar ६ चैत्र २०७१, शुक्रबार

माइक्रोसफ्टले ल्यायो बजेट स्मार्टफोन लुमिया ४३०, सस्तो विण्डोज फोन ७० डलरमा नै उपलब्ध

काठमाडौं ।

काठमाडौं, ६ चैत । माइक्रोसफ्ट कर्पोरेशनले आफनो नयाँ सस्तो मूल्यको लुमिया हेडसेट बजारमा ल्याउने घोषणा गरेको छ । कम्पनीले बढ्दो स्मार्टफोनको बजारलाई ध्यानमा राखेर बजेट स्मार्टफोन सार्वजनिक गरेको हो ।

माइक्रोसफ्टका अनुसार यो फोन अहिलेसम्मकै सबैभन्दा सस्तो लुमिया स्मार्टफोन हो । यो फोन पहिलो चरणमा छिमेकी मुलुक भारत, मध्यपूर्वी देशहरु, अफ्रीका, एशिया प्याशिफिक क्षेत्र, रशिया, काजाकिस्तान र बेलारुसमा अप्रिलको पहिलो सातादेखि खरिद गर्न सकिनेछ ।lumia-430_3_1426828712

यो फोनको बजार मूल्य ७० अमेरिकी डलर मात्र तोकिएको छ, जसले बजेट स्मार्टफोन खरिदकर्तालाई लक्षित गरेको छ । यो फोन माइक्रोसफ्टले गत वर्ष ल्याएको लुमिया ४३५ भन्दा पनि निकै सस्तो हो ।

यो फोनको डिजाइन अघिल्ला लुमिया सिरिजका फोनहरुभन्दा केहि भिन्न रहेको भएपनि अन्य फीचर्स पहिला जस्तै राखिएको छ । यो विण्डोज ८.१ मा आधारित स्मार्टफोन हो जसलाई विण्डोज १० मा अपग्रेड गर्न सकिनेछ । यो फोन दुईवटा रंगहरु ब्राइट अरेन्ज तथा ब्ल्याकमा उपलब्ध हुनेछ ।Lumia430_02

माइक्रोसफ्टले जनवरीमा आफ्नो सूपथ मूल्यका बजेट स्मार्टफोनहरुको लागि ४०० सिरिजको घोषणा गरेको थियो । यसैको आधारमा कम्पनीले अहिलेसम्म लुमिया ४३५ र लुमिया ४३५ ड्यूअल सिम फोन सार्वजनिक गरिसकेको छ ।

यो फोन सन् २०१५ को स्टान्डर्डलाई आधार मान्दा खासै आकर्षक नभएको विश्लेषकहरुको विश्लेषण रहेको छ, तर बजेट श्रृंखलाका लागि माइक्रोसफ्टले सबै समावेश गरेको डिभाइस भने भएको छ ।Lumia 430 new

लुमिया ४३० मा निकै पुरानो भइसकेको क्वालकम स्न्यापड्रयागन २०० चीपसेट प्रयोग भएको छ भने १.२ गीगाहर्जको ड्रयूअल कोर प्रोसेसर राखिएको छ । तर यो फोनको निकै सबल पक्ष भनेको यसको र्याम हो, यसमा १ जीबीको र्याम राखिएको छ जसले गर्दा हरेक प्रकारका एप्स प्रयोग गर्न सहयोग हुनेछ । त्यसैगरी यो फोनमा ८ जीबीको इन्टरनल मेमोरी छ जसलाई १३२ जीबीसम्म बढाउन सकिनेछ । अन्य लुमिया फोनहरुजस्तै यो फोनमा पनि वनड्राइभ फ्री क्वाउड स्टोरेज ३० जीबीसम्मको मेमोरी पाउन सकिनेछ ।

यो फोन हेर्दा माइक्रोसफ्टको लुमिया ५३० जस्तो देखिन्छ । तर यसमा ४ इन्चको एलसीडी स्क्रीन राखिएको छ, जसको रिजोल्यूशन ८००X४८० पिक्सेल छ । यो स्मार्टफोनमा २ मेगापिक्सेलको फिक्स्ड रियर क्यामरा राखिएको छ भने फ्रन्ट फेशिंग क्यामरा मात्र ३.३ एमपी भिजीए मोडलको रहेको छ । फिक्स्ड फोकस भएको कारण यूजर्सले फोटो खिच्ने समयमा ब्याकग्राउण्ड आफैंले सेट गर्नुपर्ने हुन्छ ।

कम्पनीका कर्पोरेट भाइस प्रेसिडेन्ट जो हार्लोले अफोर्डेबल लुमिया रेन्जप्रति उपभोक्ताहरुको निकै रुची भएको हुँदा कम्पनीले निरन्तर यो सेगमेन्टमा लगानी गरिरहने बताएका छन् । उनले बजेट स्मार्टफोन निर्माणप्रति कम्पनीको लगावका कारण नै लुमिया ४३० ड्यूल सिम ल्याएको जानकारी दिए ।

यो स्मार्टफोनमा १५०० एमएएच ब्याट्री राखिएको छ भने यो फोनमा अफिस सूट (वर्ड, एक्सेल, पावरप्वाइन्ट, वाननोट) आउटलुक, स्काइप, वनड्राइभ तथा केहि आवश्यक एप्स राखिएको छ । यो फोनमा थ्रीजी, वाईफाई, ब्लूटूथ ४.०, जीपीएसलगायतका फीचर रहेका छन् ।

माइक्रोसफ्टको लुमिया ४३० केहि बजारमा निकै आक्रामक रुपमा बिक्री हुने अनुमान गरिएको छ । अझ माइक्रोसफ्टले सबै लुमिया डिभाइसमा विण्डोज १० अपरेटिंग सिष्टम दिने प्रतिबद्धता गरिसकेको सन्दर्भमा ७० डलरको स्मार्टफोन खरिद गर्न भविश्यका लागि नाफाको खरिद हुने नै छ ।

easy care

प्रकाशित: ६ चैत्र २०७१, शुक्रबार