माइक्रोम्याक्सले एन्ड्रोयड टेलिभिजन सार्वजनिक गर्यो

Technology Khabar २९ फाल्गुन २०७१, शुक्रबार

माइक्रोम्याक्सले एन्ड्रोयड टेलिभिजन सार्वजनिक गर्यो

काठमाडौं ।

काठमाडौं, २९ फागुन । भारतीय मोबाइल निर्माता कम्पनी माइक्रोम्याक्सले अब मोबाइल निर्माणको क्षेत्रबाट इलेक्ट्रोनिक्स क्षेत्रमा हाल हालेको छ । कम्पनीले हालै अफ्ना पहिलो एन्ड्रोयड टिभी सार्वजनिक गरेको छ ।

माइक्रोम्याक्सले भारतमा एन्ड्रोयड स्मार्ट टिभीको दुईवटा मोडलहरु सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको दुई मोडलमा एउटा ४२ इन्चको छ भने अर्को ४९ इन्चको रहेको छ । ४२ इन्चको एन्ड्रोयड स्मार्ट टिभीको मूल्य ३९ हजार ९ सय ९० भारतीय रुपैंया तोकिएको छ भने अर्को ४९ इन्चको टिभीको मूल्य ४९ हजार ९ सय ९० भारतीय रुपैंया तोकिएको छ ।Micromax-4K-UHD-TV

माइक्रोम्याक्सले सार्वजनिक गरेको दुवै टिभीहरुमा ड्यूअल कोर प्रोसेसर रहेको छ । यी टिभीहरुमा १ जीबीको र्याम छ भने २.५ जीबीको आन्तरिक स्टोरेज क्षमता राखिएको छ । दुवै टिभीहरुले फोर के प्रविधिको भिडियो सपोर्ट गर्ने बताईएको छ ।

यी टिभीहरुमा ३ एक्स यूएसबी, २ एक्स एचडीएमआई, वाईफाई, इथरनेट, भिजीए रहेको छ भने यसमा एन्ड्रोयडको ४.२ भर्सन राखिएको छ । टिभीहरुमा कम्पनीले आफ्नै स्मार्ट टिभी अप्टिमाइज्ड रोम राखेकोछ ।

माइक्रोम्याक्सका यी टिभीहरुमा गूगल प्ले प्रि इन्स्टल गरिएको छ जसले प्रयोगकर्तालाई आफ्नो मनपर्ने एप्स इन्स्टल गर्न सहयोग पुग्नेछ भने फेसबुक, ट्विटर, जीमेल तथा यू ट्यूव पनि इन्स्टल गरिएको छ ।

easy care

प्रकाशित: २९ फाल्गुन २०७१, शुक्रबार