आसुसको नयाँ ट्याबलेट फोनप्याड ७ सार्वजनिक

Technology Khabar ७ फाल्गुन २०७१, बिहीबार

आसुसको नयाँ ट्याबलेट फोनप्याड ७ सार्वजनिक

काठमाडौं ।

काठमाडौं, ७ फागुन । आसुसले नयाँ फोनप्याड भ्वाइस कलिंग ट्याबलेट सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको ट्याबलेट फोनप्याड ७ (Fonepad 7) मा एन्ड्रोयडको नयाँ संस्करणको अपरेटिङ सिष्टम ललिपप ५.० रहेको छ । आसुस फोनप्याड ७ लाई कम्पनीले आफ्नो वेवसाइटमा लिस्टेड गरेको छ । यो स्मार्टफोन सबैभन्दा पहिले ताइवानमा उपलबध हुनेछ । यो ट्याबलेटको बजार मूल्य हाल घोषणा गरिएको छैन् ।fonepad

कम्पनीको वेवसाइटका अनुसार फोनप्याडको डिस्प्ले ७ इन्चको रहेको छ जसको पिक्सेल रिजोल्यूशन १२८०X८०० रहेको छ । यो ट्याबलेटको प्रोसेसर १.३ गीगाहर्जको छ । यसमा २ जीबीको र्याम राखिएको छ भने फोनप्याड ७ मा ८ जीबीको इन्टरनल मेमोरी रहेको छ, जसलाई बढाएर ६४ जीबीसम्म गर्न सकिन्छ ।Asus-Fonepad-7-FE375CL

आसुसको नयाँ फोनप्याड ७ मा फोरजी कनेक्टिभीटि रहेको छ भने ब्लूटूथ, जीपीएस लगायतका अप्शनहरु रहेका छन् । आसुसले गत वर्ष सार्वजनिक गरेको फोनप्याड ७ सार्वजनिक गरेको थियो भने अहिले सार्वजनिक गरेको फोनप्याड ७ त्यसैको अपडेटेड भर्सन हो ।

easy care

प्रकाशित: ७ फाल्गुन २०७१, बिहीबार