माइक्रोसफ्टका ड्यूल स्क्रीन भएका सर्फेस नियो र सर्फेस डूओ डिभाइस प्रदर्शन, अर्को वर्ष मात्रै आउने

काठमाडौं । माइक्रोसफ्टले आफ्ना दुई नयाँ फोल्डिङ्ग डिभाइसहरु सार्वजनिक गरेको छ । ड्यूल टच स्क्रीनभएका ती डिभाइसहरुले मोबाइल कम्प्यूटिंगमा नयाँ आयाम ल्याउने अनुमान गरिएको छ ।

करिब १० वर्षदेखि सो ड्यूल स्क्रीन डिभाइसहरुको बारेमा रिपोर्टहरु आईरहेका थिए तर हाल मात्र आधिकारीकता पाएको छ ।

हार्डलेयर किनोट कार्यक्रममा कम्पनीले सर्फेस नियो लन्च गरेको छ । यो विण्डोजको नयाँ विण्डोज १०एक्स अपरेटिंग सिस्टममा संचालन हुनेछ ।

सो डिभाइस आगामी वर्ष मात्र प्रयोगकर्ताहरुका लागि उपलब्ध हुनेछ । किनकी हाल यसको प्रोटोटाइप मात्र सार्वजनिक गरिएको छ ।

माइक्रोसफ्टका चीफ प्रडक्ट अफिसर पानोस पानयले सो डिभाइस प्रदर्शन गरेका छन् । उनकाअनुसार यी नयाँ प्रडक्टले नयाँ क्याटोगरीमा स्थान पाउनेछ ।

माइक्रोसफ्ट नियोमा नौ इन्चको डिस्प्ले रहेको छ भने यसको मोटाई ५.६ मिलिमिटर मात्र रहेको छ । सर्फेस नियोको तौल ६५५ ग्राम रहेको छ । यो हेर्दा एउटा ठूलो नोटबुक जस्तो देखिन्छ ।

यसबाहेक कम्पनीले यसको फोन भर्सन सर्फेस डूओ पनि सार्वजनिक गरेको छ ।

सर्फेस डूओ स्मार्टफोनको रुपमा आएको छ । यसमा ८.३ इन्चको ड्यूल डिस्प्ले रहेको छ । यो फोन मोडन सकिन्छ तर यसको स्क्रीनहरु भने फरक फरक रहेका छन् ।

यो फोन एन्ड्रोयडमा आधारित रहेको छ ।

सर्फेस नियोले आगामी दिनमा एप्पलको ट्याबलेट तथा म्याकबुसँग प्रतिस्पर्धा गर्नेछ भने सर्फेस डूओले सामसंगको ग्यालेक्सी फोल्डसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । एजेन्सी

Leave a Reply