Technology Khabar १७ आश्विन २०७६, शुक्रबार
काठमाडौं ।
काठमाडौं । सामसंगले आफ्नो नयाँ ट्याबलेट फाइभजी युक्त ल्याउने भएको छ । कम्पनीले ग्यालेक्सी ट्याब एस६ (Galaxy Tab S6) को ५जी भर्सनमा काम गरिरहेको छ ।
सामसंगको यो ट्याब संभवत ५जी भर्सनयुक्त विश्वको पहिलो टयाबलेट हुनेछ ।
हालै सो ट्याबलेटको बारमो जानकारीहरु देखिएका छन् । मोडल नम्बर एसएम टि८६६एन रहेको सो ट्याब वाईफाई तथा ब्लूटूथ सर्टिफिकेसनमा देखिएको छ । एसमा भएको एन अक्षरले कोरियाको लागि मोडल भन्ने देखाउँछ ।
सामसंगको घरेलु देश कोरियामा हाल ५जी नेटवर्क उपलब्ध रहेको छ भने सो नेटवर्कका लागि कम्पनीले ग्यालेक्सी एस१० ५जी स्मार्टफोन बिक्री गरिरहेको छ । यसबाहेक ग्यालेक्सी नोट १० पनि ५जी प्रविधियुक्त रहेको छ ।
सामसंगको ग्यालेक्सी ट्याब एस ६मा एचडिआर १० प्लस डिस्प्ले राखिने पहिलो ट्याबलेट समेत भएको थियो । ग्यालेक्सी ट्याब एस ६ यूरोप र अमेरिकामा लन्च भईसकेका छन भने अब आउने ५जी भर्सन पनि सोहि देशहरुमा उपलब्ध हुनेछ जहाँ ५जी नेटवर्क संचालनमा आईसकेका हुनेछन् ।
प्रकाशित: १७ आश्विन २०७६, शुक्रबार