आफ्नो भेलेन्टाइनलाई सुन तथा डाइमण्ड जडित आईफोन दिनुहोस्

Technology Khabar १ फाल्गुन २०७१, शुक्रबार

आफ्नो भेलेन्टाइनलाई सुन तथा डाइमण्ड जडित आईफोन दिनुहोस्

काठमाडौं ।

काठमाडौं, १ फागुन । एप्पलको उत्पादन आईफोन ६ सबैभन्दा लोकप्रिय स्मार्टफो बन्दै गएको छ । यसका साथै एप्पलको आईफोन ६ सँग जोडिएर विभिन्न समाचार सार्वजनिक हुँदै आएका छन् । यहि फेब्रुअरी १४ अर्थात भेलेन्टाइन डेको अवसरमा आफ्नो मनपर्ने साथीलाई उपहार दिन विशेष प्रकारको आईफोन ६ उपलब्ध हुने भएको छ ।iphone6-diamond-ecstasy-gold-2

एप्पलको आईफोन ६ अहिलेसम्मको सबैभन्दा महंगो फोन हो जसलाई लण्डनको एक लक्जरी कम्पनी गोल्डजिनीले भेलेन्टाइन डेको मौकामा आईफोन ६ को हिरा तथा सुन जडित गरेर सार्वजनिक गरेको छ ।

कम्पनीले २४ क्यारेट सुन तथा डायमण्डको प्रयोग गरेर आईफोन ६ लाई निकै आकर्षक रुपमा भेलेन्टाइन डेको अवसरमा लिमिटेड एडिशन लन्च गरेको हो ।DIMOND IPHONE
कम्पनीको वेवसाइटका अनुसार यो फोन ग्राहकहरुको मागअनुसार बनाईने छ भने भने मागअनुसार नै यो फोनको बजार मूल्य निर्धारण गरिनेछ । यो फोन न्यूनतम १५ हजार ३ सय डलरदेखि अधिकतम ३५ लाख डलरसम्ममा खरिद गर्न सकिनेछ । यो आईफोनको मूल्य यसमा जडित भएका डायमण्डको टुक्राको आधारमा तय गरिने बताईएको छ ।iphone6-diamond-ecstasy-gold-3

यो फोनको पछिल्लो हिस्सामा लेजरको माध्यमबाट कुनैपनि प्रकारको संदेश लेखाउन सकिनेछ । यो आईफोन ६ को चारै किनारामा हिरा जडित भएको छ भने ग्राहकहरुको अनुरोधको आधारमा यसमा सोलिटेयर पनि जडान गर्न सकिनेछ । तर यसको लागि अधिक रकम लाग्नेछ ।

आईफोन ६ को यो मोडल तीन कलर भेरिएन्टमा उपलब्ध हुनेछ, जसमा गोल्ड, प्लाटिनम तथा रोज गोल्ड रहेको छ । स्टोन भेरिएन्टमा कलरफुल डायमण्ड (ह्वाइट, पिंक तथा ब्ल्याक) का अलावा एमिराल्ड, रुबी तथा सफायरलगायतका स्टोनहरु पनि लागेको हुनेछ । यो फोनको साथमा फोनलाई पर्शनल एन्ग्रेव गर्ने अप्शन पनि राखिएको बताईएको छ ।

उता एएनआईको रिपोर्टअनुसार यो विशेष प्रकारको आईफोन ६ को तीनवटा अर्डर आइसकेको छ । ग्राहकहरुलाई यो फोनका साथै एप्पलको इयरप्याड तथा यूएसबी चार्जर पनि उपलब्ध गराईनेछ । एजेन्सीहरु

easy care

प्रकाशित: १ फाल्गुन २०७१, शुक्रबार

ताजा समाचार