एलजीको नयाँ स्मार्टफोन जी ४ मा थ्रीके रिजोल्यूशनको डिस्प्ले !

Technology Khabar २१ माघ २०७१, बुधबार

एलजीको नयाँ स्मार्टफोन जी ४ मा थ्रीके रिजोल्यूशनको डिस्प्ले !

काठमाडौं ।

काठमाडौं, २१ माघ । एलजीले ल्याउन लागेको नयाँ स्मार्टफोनमा ३ के रिजोल्यूशनको डिस्प्ले प्रयोग गर्ने भएको छ । एलजीले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन जी ४ (G4) मा २ के (2K) को सट्टामा ४ के (4K) रिजोल्यूशनको डिस्प्ले राखिने भएको हो । यो स्मार्टफोनमा २८८०X१६२० पिक्सेलको रिजोल्यूशन हुन्छ भने यसको पिक्सेल डेन्सिटी ६०० पीपीआई हुनेछ । लीक भएको फीचर्सअनुसार यो स्मार्टफोनमा ५.५ इन्च हुनेछ ।सोर्स  Mylgphone.com

एलजीको नयाँ स्मार्टफोनको बारेमा यो महत्वपूर्ण र ठूलो समाचार लीक भएको पहिलो पटक हो । समाचारका आधारमा हेर्दा एलजी अझैपनि स्मार्टफोनको दौडमा रहेको विश्लेषकहरुको भनाई छ । सिरियल लीकर भेरिजोनको लीक भएको तस्वीरका अनुसार जुन मोडलको यो फीचर लीक भएको हो सो मोडल नम्बर एलजी भीएस ९९९ (VS-999) हो जुन एलजीको जी ३ (G3) भीएस ९८५ (VS-985)सँग निकै मिल्दोजुल्दो रहेको छ ।LG-G4-design-b

एलजी स्मार्टफोनको घट्दो बजारका कारण एलजीले आफ्नो आउन लागेको नयाँ स्मार्टफोनमा विभिन्न आकर्षक फीचर्स राख्न लागेको बताईएको छ । यो स्मार्टफोनमा अहिलेसम्मको सबैभन्दा द्रूत प्रोसेसर ८१० चीपसेट (810 SoC) हुनेछ ।

एलजीले ल्याउन लागेको यो स्मार्टफोनको डिस्प्ले थ्री के रिजोल्यूशनको भएमा यो अहिलेसम्मको सबैभन्दा उच्च रिजोल्यूशन भएको पहिलो स्मार्टफोन हुनेछ ।

easy care

प्रकाशित: २१ माघ २०७१, बुधबार