सामसुंगको सस्तो स्मार्टफोन ग्यालेक्सी ‘जे वन’ सार्वजनिक

Technology Khabar १५ माघ २०७१, बिहीबार

सामसुंगको सस्तो स्मार्टफोन ग्यालेक्सी ‘जे वन’ सार्वजनिक

काठमाडौं ।

काठमाडौं, १५ माघ । कोरियाली मोबाइल फोन निर्माता कम्पनी सामसुंगले नयाँ र सस्तो स्मार्टफोन सार्वजनिक गरेको छ । सामसुंगले नयाँ स्मार्टफोन ग्यालेक्सी जे वन (J1) लन्च गरेको हो । यो स्मार्टफोनको स्क्रीन ४.३ इन्चको छ भने यसमा १.२ गीगाहर्जको डुअल कोर प्रोसेसर राखिएको छ । samsung j1

एन्ड्रोयडमा आधारित यो स्मार्टफोनमा दुईवटा सिम प्रयोग गर्न सकिन्छ । यो स्मार्टफोनको रियर क्यामरा ५ मेगापिक्सलको छ भने फ्रन्ट क्यामरा २ मेगापिक्सलको छ ।samsung-galaxy-j1

यो स्मार्टफोनमा पाल्म सेल्फी फंगसन राखिएको छ जसले मोबाइल प्रयोगकर्ताको हालको चाललाई पत्ता लगाउने कम्पनीको दाबी छ । जसले सजिलोसँग हातको इसारामा तस्विर खिच्न सकिन्छ । यो स्मार्टफोन निलो, कालो र सेतो रंगमा उपलब्ध हुनेछ ।

यो स्मार्टफोन मलेशियामा सामसुंगले लन्च गरेको हो भने यसको बजार मूल्य हालसम्म घोषणा गरिएको छैन् ।

ग्यालेक्सी J1 को विशेषताहरु-

* स्क्रीन- ४.३ इन्च (८००x४८०पिक्सल) डिस्प्ले
* प्रोसेसर – १.२ गीगाहर्ज डुअल कोर प्रोसेसर
* र्याम- ५१२ र्याम, ४ जीबी इंटरनल स्टोरेज, माइक्रो एसडी कार्ड
* ओएस – एन्ड्रोयड ४.४ (किटक्याट)
* क्यामरा – ५ मेगापिक्सल अटो फोकस रियर क्यामरा, एलईडी फ्ल्याशयुक्त
* फ्रंट क्यामरा – २ मेगापिक्सल
* मोटाई – ८.९ मिमी, तौल १२२ग्राम
* अडियो – ३.५ मिमी अडियो ज्याक, एफएम रेडियो
* अन्य फीचर – ३ जी, वाई-फाई ८०२.११, ब्लूटूथ ४.०, जीपीएस
* ब्याट्री – १८५० एमएएच, अल्ट्रा पावर सेभिङ मोडसहित

easy care

प्रकाशित: १५ माघ २०७१, बिहीबार