जूत्ता उत्पादक संघमा रविन कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व

Technology Khabar ४ माघ २०७१, आईतवार

जूत्ता उत्पादक संघमा रविन कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व

काठमाडौं ।

काठमाडौं, ४ माघ । जुत्ता उत्पादक संघ नेपालमा रविन कुमार श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिती चयन भएको छ । छाला जुत्ता तथा वस्तु उत्पादक संघ नेपालले १३ औं वार्षिक साधारण सभाबाट नाम परिवर्तन गरि जुत्ता उत्पादक संघमा रुपान्तरण भएको हो । कोशेली छाला जुत्ता उद्योगका सञ्चालक श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिती गठन भएको छ ।

निर्वाचीत हुने पदाधिकारीहरुमा कृष्ण कुमार फुँयाल (बरिष्ठ उपाध्यक्ष), उत्तम अधिकारी (उपाध्यक्ष), कालिदास गोतामे (उपाध्यक्ष), मनोजकुमार श्रेष्ठ (महासचिव), नवराज गौतम (उप–महासचिव), नानीराज घिमीरे (कोषाध्यक्ष), शम्भुप्रसाद तिमिल्सिना (सचिव) रहेका छन् । त्यसैगरि कार्य समिति सदस्यहरुमा ज्ञानेन्द्र दाहाल, दिपेन्द्र थापा, चोपकुमार श्रेष्ठ, गंगा श्रेष्ठ, रामकृष्ण श्रेष्ठ, राजनकुमार श्रेष्ठ र ऋषिराज घिमिरे निर्वाचित भएका छन् ।

साधारण सभामा उपाध्यक्ष एक पद र सदस्य सात पदको लागि मात्र मतदान भएको थियो भने अन्य पदहरुमा सर्वसम्मत रुपमा चयन गरिएकोे थियो ।

यसअघि सो अवसरमा संघका निवर्तमान अध्यक्ष होमनाथ उपाध्यायले आफ्नो कार्यकालको प्रगति विवरण प्रस्तुत गरेका थिए । साधारण सभाको बन्द सत्रबाट विद्यान संसोधन गरि संघको नाम, पदाधिकारी संख्या लगायतका विभिन्न विषय छलफलमा ल्याई परिमार्जन गरेको हो ।

easy care

प्रकाशित: ४ माघ २०७१, आईतवार

ताजा समाचार

एनसीआईसीके भर्चुअल एक्स्पो, २०२४ सुरु

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार