९० प्रतिशत उर्जा बचाउने एलईडी लाइट नेपालमा

Technology Khabar २ माघ २०७१, शुक्रबार

९० प्रतिशत उर्जा बचाउने एलईडी लाइट नेपालमा

काठमाडौं ।

काठमाडौं, २ माघ । देशको एक प्रतिष्ठित, औद्योगिक एवं व्यापारिक घराना पञ्चकन्या समूहको सिष्टर कन्र्सन एक्सप्लोर इन्टरनेशनलले बिनय अप्टो इलेक्ट्रोनिक्स प्रालिको उत्पादन एलईडी लाइटिङहरु बजारमा ल्याएको छ । यसका उत्पादनहरु भारतमा लोकप्रिय र क्ष्क्इ मान्यता प्राप्त छन् ।

उक्त इनर्जी इफीशियन्सी एलईडी लाईटहरु देशको वर्तमान लोडसेडिङको समस्या कम गर्न निकै उपयोगी हुने समूहका निर्देशक उदीप श्रेष्ठले बताए ।

बिनय अप्टो ब्राण्डका एलईडी लाइटहरु ९० प्रतिशत भन्दा बढी उर्जा बचत गर्ने, किफायति, गुणस्तरीय, बढी प्रकाश दिने, कम खर्चिलो र टिकाउ हुनुका साथै अन्तर्राष्ट्रिय मान्यता प्राप्त रहेको कम्पनीको दाबी छ । यसका उत्पादनहरु जडान तथा मर्मत गर्न सजिलो हुनुका साथै सपिङ्ग मल, होटल, अस्पताल, अपार्टमेण्ट आदिमा अति उपयोगी हुने देखिन्छ । साथै यसका उत्पादनहरुमा ५ वर्षको वारेण्टी हुने कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: २ माघ २०७१, शुक्रबार