Technology Khabar २२ पुष २०७१, मंगलवार
काठमाडौं ।
काठमाडौं, २२ पुस । नेपालमा अटोमोटिभ क्षेत्रको सम्पूर्ण जानकारी दिने गरि अटोलाइफ नेपाल एप ( Autolife Nepal App) बजारमा उपलब्ध भएको छ । एन्ड्रोयड र आईओएस दूवै प्लेटफर्ममा उपलब्ध भएको उक्त एपमा नयाँ तथा पुराना कारहरु, मोटरसाइकलहरु तथा साइकलहरु आफ्नो स्मार्टफोनबाट नै खोज्न सकिने बताईएको छ ।
यसमा विभिन्न ब्राण्ड तथा आधिकारीक बितरकहरुको भर्चुअल शोरुमको अनुभव दिने छ । एपमा प्रयोगकर्ताहरुले अटोमोबाइलसम्बन्धि समाचार, अफर, नयाँ गाडिहरुको बजार मूल्य, अटो लोन तथा गाडिको बीमासम्बन्धि जानकारी पाउने कम्पनीले जनाएको छ ।
अटोलाइफ नेपाल एपमा कुनै दुई गाडिहरुको विशेषताहरु तुलना पनि गर्न सकिनेछ । प्रयोगकर्ताले उक्त एपको माध्यमबाट नजिकैको वर्कसप, बैंक, शोरुम, पेट्रोल पम्पहरुको बारेमा जानकारी लिन सकिने व्यवस्था राखिएको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
एप निर्माता कम्पनी एसआर मिडियाले यो एप यसअघि नै ९ हजार पटक डाउनलोड भइसकेको र यो एपमा अटो डिलर, खरिदकर्ता, बिक्रेता, ऋणदाता, बीमा कम्पनीहरुको सबैभन्दा ठूलो नेटवर्क भएको दाबी पनि गरेको छ ।
प्रकाशित: २२ पुष २०७१, मंगलवार