लेनोभोले रेडमी वनएसलाई टक्कर दिन बजेट स्मार्टफोन के३ ल्यायो

Technology Khabar २४ मंसिर २०७१, बुधबार

लेनोभोले रेडमी वनएसलाई टक्कर दिन बजेट स्मार्टफोन के३ ल्यायो

काठमाडौं ।

काठमाडौं, २४ मंसीर । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी लेनोभोले जिओमीको निकै लोकप्रिय स्मार्टफोन रेडमी वनएस ( Xiaomi Redmi 1S) लाई टक्कर दिनेगरि के३ (Lenovo K3) स्मार्टफोन सार्वजनिक गरेको छ । लेनोभोको यो स्मार्टफोन हालका लागि चीनियाँ बजारमा मात्र उपलब्ध रहेको छ जहाँ एक अनलाइन रिटेलरमा दर्ता गरिएको छ । यो स्मार्टफोनको बिक्री पनि जिओमीको स्मार्टफोनहरुजस्तै अनलाइनमा मात्रै गरिनेछ ।gsmarena_001

यो स्मार्टफोन विश्व बजारमा कहिलेसम्म आउँछ भन्ने कुनै जानकारी कम्पनीले दिएको छैन् । इन्ट्रि लेभलको बजेट फोनलाई कम्पनीले लेनोभो के३ म्यूजीक लेमन भन्ने नाम दिएको छ ।

लेनोभो के३ मा ५ इन्चको एचडी डिस्प्ले रहेको छ जसको रिजोल्यूशन ७२०X१२८० तथा पिक्सल डेन्सीटी २२९ पीपीआई छ । साथै यो फोनमा १.२ गीगाहर्जको क्वालकम स्न्यापड्रायगन ४१० चीप प्रोसेसर छ भने १ जीबीको र्याम राखिएको छ । त्यस्तै यो स्मार्टफोनमा १६ जीबीको इन्टरनल मेमोरी रहेको छ, जसलाई माइक्रो एसडी कार्डद्धारा बढाउन सकिन्छ ।

नयाँ स्मार्टफोन एन्ड्रोयडको किटक्याट ४.४ भर्सनमा आधारित छ, जसको ब्याट्री क्षमता २३०० एमएएच रहेको छ ।

उता रेडमी वन एस (Redmi 1S) मा ४.७ इन्चको ७२०X१२८० रिजोल्यूशनसहितको डिस्प्ले रहेको छ भने यसको प्रोसेसर १.६ गीगाहर्ज स्न्यापड्रागन ४०१ रहेको छ । रेडमी वनएसमा १ जीबीको र्याम तथा ८ जीबीको मेमोरी राखिएको छ ।

दुवै कम्पनीका स्मार्टफोनको क्यामरामध्ये के३ को रियर क्यामरा ८ मेगापिक्सलको छ भने फ्रन्ट क्यामरा २ मेगापिक्सलको छ । रेडमी वन एसमा भने ८ मेगापिक्सलको रियर क्यामरा तथा १.६ मेगापिक्सलको फ्रन्ट क्यामरा रहेको छ ।

बजारमा जिओमी तीन वर्ष पुरानो कम्पनी हो जसलाई लेनोभो जस्तो ठूलो र नामी कम्पनी प्रतिस्पर्धा दिन तयार छ । यसका साथै लेनोभो के ३ फोनको बिक्री तथा ब्राडिङ्गपनि रेडमी वन एसलाई ध्यानमा राखेर तयार पारिएको बताईएको छ ।

लेनोभोले यो स्मार्टफोनलाई बजेट स्मार्टफोनको रुपमा सार्वजनिक गर्दै के३ को बजार मूल्य चीनमा ५ सय ९९ चीनियाँ यूआन अर्थात करिब ९७ अमेरिकी डलर तोकेको छ । यो स्मार्टफोन चीनको मूख्य रिटेलरमध्येको एक जेडी डटकम (JD.con) द्धारा मात्र बिक्री हुनेछ । एजेन्सी

easy care

प्रकाशित: २४ मंसिर २०७१, बुधबार

ताजा समाचार