सामसङको दसैँका लागि “द बिग डिल” योजना

Technology Khabar ३१ भाद्र २०७१, मंगलवार

सामसङको दसैँका लागि “द बिग डिल” योजना
Global IME Bank

काठमाडौं ।

काठमाडौँ, ३१ भदौ । नेपालका लागि सामसङको अधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले दसैँ महोत्सवका लागि नयाँ योजना, “द बिग डिल”, ल्याएको छ । यस योजनामा सामसङका ग्राहकहरुले हरेक LED TV, Refrigerator, Washing Machine, Vacuum Cleaner र Microwave Oven को खरिदमा अफरहरु पाउनेछन् ।

योजनाको अवधिभरि ग्राहकहरुले सामसङको उत्पादनहरुमा आकर्षक क्यास ब्याक अफरहरु पाउनेछन् । योजना अन्तर्गत ग्राहकहरुले सामसङको LED TV मा रु ७,१०० देखि रु ३,१४,९९०, Refrigerator मा रु २,७०० देखि रु ३१,१०० Washing Machine मा रु ३,६०० देखि रु ७,८००, Microwave Oven मा रु १,७०० देखि रु ६,५०० र Vacuum Cleaner मा रु १,३१० देखि २,४१० सम्मको क्यास ब्याक पाउने कम्पनीले जनाएको छ । यो अफर सामसङको क्यामराहरुमा पनि उपलब्ध रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

हरेक दसैँमा इलेक्ट्रोनिक सामानहरुको बिक्री बढ्ने गरेको छ र यस पटकको सामसङको “द बिग डिल” अफरले आफना ग्राहकहरुलाई कम मूल्यमै उत्कृष्ट उत्पादनहरु प्रदान गर्दै यस महोत्सवमा अझ धेरै खुसीयाली बाँड्ने आशा गरिएको छ ।

सामसङले हरेक वर्ष आफ्ना ग्राहकहरुका लागि आकर्षक र रोमान्चक अफरहरु प्रस्तुत गर्दै आएको छ र यस वर्षको “द बिग डिल” अफरले पनि ग्राहकहरुलाई भव्य किसिमले दसैँ मनाउन प्रोत्साहित गर्ने छ । “द बिग डिल” योजना ३१ भदाैदेखि २१ आश्विनसम्मका लागि मात्र लागू हुने बताईएको छ ।

Sajilo Visa

प्रकाशित: ३१ भाद्र २०७१, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार