भारतमा ग्यालेक्सी K जूमको मूल्य १०,००० रुपैंयाले घट्यो

Technology Khabar १७ भाद्र २०७१, मंगलवार

भारतमा ग्यालेक्सी K जूमको मूल्य १०,००० रुपैंयाले घट्यो

काठमाडौं ।

काठमाडौं, १७ भदौं । कोरियाली कम्पनी सामसुङले आफ्नो शानदार स्मार्टफोन ग्यालेक्सी K zoom को मूल्यमा भारी कटौती गरेको छ । एक महिना पहिले लन्च भएको यो मोबाइल फोनको मूल्यमा १० हजार रुपैंयाले कटौती गरेर कम्पनीले सबैलाई आश्चार्यचकित बनाएको छ ।

samsunggalaxyk23

यो फोन अब भारतीय बजारमा १९ हजार ९ सय ९९ भारतीय रुपैंयामा अम्याजनमा उपलब्ध रहेको छ । पछिल्लो महिना यो फोन बजारमा २९ हजार ९ सय ९९ रुपैंयामा भारतीय बजारमा भित्रिएको थियो ।

ग्यालेक्सी के जूममा २०.७ मेगापिक्सल शक्तिशाली बीएसआई सीएमओएस सेंसर रहेको छ । साथमा यसमा ४.४४ मिमी लेन्श पनि छ जसमा १० एक्स अप्टिकल इमेज स्टेबलाइजेशन छ । यसमा जेनोन फ्ल्याश पनि छ । यसको स्क्रीन हाई डेफिनिशन सुपर एमोलेड छ जुन हेक्सा कोर प्रोशेसरद्धारा संचालित हुन्छ । यो एन्ड्रोइड फोन हो र यसमा २ मेगापिक्सेलको फ्रन्ट फेसिग क्यामेरा पनि छ ।galaxy-s_650_082914102533

केहि दिनभित्र सामसुङ आफ्नो नयाँ स्मार्टफोन ग्यालेक्सी नोट ४ बजारमा सार्वजनिक गर्दैछ, त्यसैले गर्दा उसले ग्यालेक्सी के जूमको मूल्यमा कटौती गरेको अनुमान गरिएको छ ।

easy care

प्रकाशित: १७ भाद्र २०७१, मंगलवार