भारतीय प्नधानमन्त्रीद्धारा एक अरव डलर सहुलियत ऋण दिने प्नतिबद्धता

Technology Khabar १८ श्रावण २०७१, आईतवार

भारतीय प्नधानमन्त्रीद्धारा एक अरव डलर सहुलियत ऋण दिने प्नतिबद्धता

काठमाडौं ।

काठमाडौं, १८ साउन ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री सुशील कोइरालासंगको भेटवार्तामा एक अरव डलर सहुलियत ऋण दिने प्रतिबद्धता व्यक्त गरेका छन्। उक्त ऋण सडक र जलविद्युतको विकासमा लगाइने बताइएको छ ।

त्यसैगरी आज नै नेपाल भारतबीच चार वटा समझादारीमा पत्रमा हस्ताक्षर भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपाली समकक्षी सुशील कोइरालाकोउपस्थितीमा उक्त समझदारीमा हस्ताक्षर भएको हो ।

त्यसैगरी महाकाली नदीमा प्रस्तावितपञ्चेश्वर वहुउद्देश्यीय आयोजनाको बिस्तृत परियोजना प्रतिवेदन निर्माणगर्ने पनि सहमति भएको छ। १९ बर्ष अघिनै पञ्चेश्वर निर्माण गर्ने बारे भारत रनेपालबीच सम्झौता भएको थियो। जलविद्युत, सिञ्चाइ र माछापालन गरि तीनउद्देश्यले पञ्चेश्वर निर्माण गर्ने लक्ष राखिएको छ ।

त्यस्तै नेपाल टेलिभिजन र भारतीय दूरदर्शनबीच सम्बन्ध विस्तारको सम्झौता भएको छ।

भारतले नेपालमा आयोडिनयुक्त नुन वितरणका लागि छ करोड ९० लाख भारु (११ करोडरुपैयाँ) बराबर सहयोग गर्ने सम्झौता पनि भएको छ। आयोनुन वितरणका लागिभारतले बर्षेनी नेपाललाई सहयोग गर्दै आएको छ।

उक्त तीन संझौतमा हस्ताक्षर भएपछि दुबै प्रधानमन्त्रीले हुलाक टिकटमासंयुक्त टाँचा पनि लगाएका छन्। दुई मुलुकका प्रधानमन्त्रीको तस्विर अंकितहुलाक टिकटमा टाँचा लगाइएको हो।

easy care

प्रकाशित: १८ श्रावण २०७१, आईतवार

ताजा समाचार