Technology Khabar ८ आश्विन २०७८, शुक्रबार
काठमाडौं ।
चिनियाँ मोबाइल ब्राण्ड रियलमी काउन्टरपोइन्टको एक अनुसन्धान अनुसार विश्वबजारको उत्कृष्ट ६ स्मार्टफोन बिक्रेता भित्र पर्न सफल भएको छ।
यो रेकर्डसँगै रियलमी विश्वकै सबैभन्दा छिटो वृद्धि भइरहेको ब्रान्ड भएको छ। रियलमीले तीन वर्षभित्र यो यात्रा तय गरेको बताइएको छ।
यो सूचि भित्र पर्नका लागि रियलमीले २०२१ को दोस्रो त्रैमासिकमा १५० करोड उत्पादन बजारमा उपलब्ध गराएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३५.१ प्रतिशत वृद्धि हो।
यो उल्लेखनीय उपलब्धि रियलमीले मात्र तीन वर्षमा हासिल गरेको कम्पनीले जानकारी दिएको छ ।
“गएको ३ वर्षमा रियलमी एक भर्खर जन्मिएको बिरालोको बच्चा केही समयमा नै बाघ बने जस्तो गरेर आक्रामक रुपले बजारमा विस्तारित भइरहेको छ,’ कम्पनीका सिइओ स्काई लीले भने।
भारतीय स्मार्टफोन बजारको १४.६ प्रतिशत ओगटेको रियलमी चौथो स्थानमा रहेको छ।
विश्वको ६१ भन्दा धेरै बजारहरुमा पुगेको रियलमी, यी मध्ये १८ वटा बजारमा उत्कृष्ट ५ भित्र पर्न सफल भएको कम्पनीले दाबी गरेको छ ।
प्रकाशित: ८ आश्विन २०७८, शुक्रबार