वर्ल्डलिंक कम्युनिकेशन्सले शुरू गर्यो ३०० एमबिपिएस क्षमता गतिको इन्टरनेट

Technology Khabar २२ भाद्र २०७८, मंगलवार

वर्ल्डलिंक कम्युनिकेशन्सले शुरू गर्यो ३०० एमबिपिएस क्षमता गतिको इन्टरनेट

काठमाडौं ।

नेपालको सबैभन्दा ठूलो ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले अब घरभरि सबै तल्लामा समान गतिको इन्टरनेट उपलब्ध गराउने भएको छ।

वर्ल्डलिंक फोटोन स्किम अन्तर्गत यो इन्टरनेट सेवा सुरू गरेको छ । फोटोन उच्च गतिको इन्टरनेट हो । यसले घरभरि समान रूपमा इन्टरनेट उपलब्ध गराउँछ । नेपालमा पहिलो पटक ३०० एमबीपीएस सम्मको गतिमा इन्टरनेट उपलब्ध हुने बताईएको छ ।

फोटोन स्किममा ग्राहकहरुले मेस वाईफाई प्रणालीबाट घरभरि नै धेरै उच्च गतिमा इन्टरनेट प्राप्त गर्नेछन् । यस्तो वाईफाई प्राप्त गर्न नोकियाको बेकन १.१ राउटरहरु प्रयोग गरिनेछ । यसले हाल घरहरुमा भईरहेको ढिला गतिका इन्टरनेटको सम्स्याको समाधान मेस वाईफाईले गराउने छ ।

कम्पनीकाअनुसार इन्टरनेट प्रयोगको एक उत्कृष्ट अनुभव दिन वर्ल्डलिंकले घरभित्र धेरै राउटरहरुलाइ नेटवर्किंग गर्नेछ। मेस वाईफाई प्रणाली स्मार्ट जडानमा आधारित प्रणाली हो। यस्तो प्रणाली बिस्तारिकरण राउटर भन्दा धेरै राम्रो हुन्छ। वाईफाई वाईफाईमा सबै राउटरहरु एक अर्कासंग जोडिएका हुन्छन्। त्यसमा म्यानुअलरूपमा वाईफाई प्रयोगकर्ताको युजरनेम परिवर्तन गर्ने आवश्यकता पर्दैन। ग्राहकहरुले घरभरि इन्टरनेटको गतिमा कुनै परिवर्तन बिना राउटरलाइ सार्न सक्नेछन्।

नयाँ इन्टरनेट सेवा सार्वजनिक गर्दै वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडका अध्यक्ष दिलीप अग्रवालले भने, “हामी विश्वव्यापी इन्टरनेट प्रबिधिको उत्कर्ष सिमामा छौ र हाम्रो घरमा इन्टरनेटको गति निरन्तर बढाउनु पर्ने आवश्यकताका साथ साथै अत्याधुनिक उपकरण र प्रबिधिसंगै एउटा गुणस्तरीय घरेलू नेटवर्किङ्ग गर्नपर्ने हुन्छ । घरमा भएका विभन्न उपकरणहरु इन्टरनेटसँग जोडिएका हुन्छन्। त्यसैले हामीले नेपालमा पहिलो पटक ३०० एमबिपीएस गितको वर्ल्डलिंक फोटोन सिरिज र यसको साथमा नोकिया बिकन १.१ राउटरसँगै वाईफाई वाईफाई होम सोलुसन शुरू गरेका छौं। यस्तो गतिको इन्टरनेट उपलब्ध गराउन पाउँदा हामीलाइ गर्व लागेको छ । यी उपकरणहरुको नेटवर्किङ्ग गर्दा घरमा अन्य नेटवर्किङ्ग मापदण्डहरुको जाँच उत्कृष्ट जडान प्रक्रियको माध्यमबाट गरिनेछ। हामीले हाम्रा ग्राहकहरुलाई उनीहरुको घर परिसरमा एक अतुलनीय ब्रोडब्यान्डको अनुभव दिन सक्छौं भन्ने कुरामा म विश्वस्त छु।”

उनले हाल काठमाडौंमा फोटोन सेवा प्रदान गर्न हाम्रो नेटवर्क लाई अध्यावधिक गरेका भन्दै अन्य शहरहरुमा पनि फोटोन सेवा चाँडै नै शुरू गर्ने जानकारी दिए ।

वर्ल्डलिंक पहिले नै नेपालको ब्रोडब्याण्ड क्षेत्रमा आईपीटीभी सेवाको एक प्रमुख शुरुवातकर्ता हो । यसले नेटटिभी ब्राण्डमा आईपीटीभी सेवा उपलब्ध गराइरहेको छ। वर्ल्डलिंकले मुलुकका ११,००० भन्दा बढी स्थानमा वाईफाई हटस्पट बनाएर सर्वसाधारणलाई निःशुल्क वायरलेस इन्टरनेट उपलब्ध गराइरहेको छ। यस कम्पनीले कर्णालीजस्ता दुर्गम स्थानमा समेत वायरलेस ब्रोडब्याण्ड टेक्नोलोजी सेवा पुर्याएको जनाएको छ।

easy care

प्रकाशित: २२ भाद्र २०७८, मंगलवार

ताजा समाचार