स्मार्टफोन व्यवसाय बन्द गर्दै एलजी इलेक्ट्रोनिक्स

Technology Khabar १० चैत्र २०७७, मंगलवार

स्मार्टफोन व्यवसाय बन्द गर्दै एलजी इलेक्ट्रोनिक्स

काठमाडौं ।

कोरियाली कम्पनी एलजी इलेक्ट्रोनिक्सले स्मार्टफोन व्यवसाय बन्द गर्ने

कोरियाली कम्पनी एलजी इलेक्ट्रोनिक्सले लगातार घाटा भएङ्को भन्दै आफ्नो स्मार्टफोन व्यवसाय नै बिक्री गर्ने भएको छ।

सन २०२१ को कन्जुमर इलेक्ट्निक शो मा स्क्रोलिश्र स्क्रीन भएको आफ्नो पहिलो कन्सेप्ट स्मार्टफोन एलजी रोलेबलकव घोषणा गरेको थियो। घोषणाका बेला यो   कन्सेप्ट स्मार्टफोन यसै वर्षको अन्त्यतिर बजारमा आउन पनि बताइएको थियो। तर हाले कम्पनीले स्मार्टफोन व्यवसायमा लगातार घाटा भइरहेको भन्दै यो व्यवसाय नै बेच्ने निर्णय गरेको बुझिएको छ।

यसै क्रममा एलजीले आफ्नो स्मार्टफोन व्यवसाय भियतनामको भिनग्रुपलाई बेच्न लागेकोमा यसको मूल्य ज्यादै धेरै राखिएकाले यी दुई कम्पनीबीच किनबेच सम्झैता हुन सकेन।

हालै ब्लूमबर्गमा आएको एक रिपोर्टका अनुसार कम्पनीले स्मार्टफोन व्यवसाय बेच्नुको साटो अब बन्द नै गर्ने भएको हो।

केही समयअघि एलजी, फक्सवागन र भियतनामको भिनग्रुप जेएससीबीच उक्त व्यवसायको किनबेच हुने समझदारीले मूर्त रुप लिन नसकेपछि कम्पनी यो व्यवसाय नै बन्द गर्ने निर्णयमा पुगेको बुझिएको छ।

व्यवसाय बन्द गर्ने निर्णयसँगै कम्पनीले यसै वर्षको दोस्रो त्रैमासमा स्मार्टफोनहरु सार्वजनिक गर्नका लागि बनाएका सबै योजनाहरु रद्द गरेको छ।

easy care

प्रकाशित: १० चैत्र २०७७, मंगलवार