Technology Khabar ९ आश्विन २०७५, मंगलवार
काठमाडौं ।
काठमाडौं। आन्तरिक हवार्इ टिकटका लागि अनलाइनमार्फत टिकट बुकिङ गरेर हवार्इ यात्रा गर्न सकिने भएको छ।
सूचना प्रविधिलार्इ आत्मसाथ गर्दै फ्लार्इइन नेपाल डटकम flyinnepal.com ले अनलाइनबाट हवार्इ टिकट किन्न सकिने सुविधा ल्याएको हो। पर्यटन क्षेत्रमै लागेका युवा सुमन घिमिरे लगायतको समूहले यो अनलाइन संचालनमा ल्याएको हो।
त्यसैगरि कम्पनीले इसेवा मार्फत, तथा विभिन्न बैंकका डेविट र क्रेडिट कार्डबाट भूक्तानी गर्न सकिने व्यवस्था गरेको छ।टिकट क्यान्सिल गर्नुपर्ने अवस्थामा कम्पनीले क्यान्सिलेशन शुल्क पनि कम लिने जनाएको छ।
कम्पनीको क्यान्सिलेशन पोलिसी अनुसार त्यस्तो शुल्क बुकिङ भ्यालु र क्यान्सिलेशन समयका आधारमा निर्धारण गरेर रकम फिर्ता दिइने उल्लेख छ।
प्रकाशित: ९ आश्विन २०७५, मंगलवार