Technology Khabar २७ असार २०७४, मंगलवार
काठमाडौं ।
काठमाडौं, २७ असार । सिजी मोबाइलस् प्रालिले ‘१०० दिनको सटही नीति’ बार फोन (फिचर फोन) मोडेलहरुमा लागू गरेको छ ।
सो नीति अन्र्तगत मोबाइलको कार्यात्मक बिफलता भएको १०० (एक सय) दिन नाघेको हुन नहुने र सो सय दिनको गन्ती मोबाइल किनेको वा मोबाइल सक्रिय भएको मितिबाट लागू हुने कम्पनीले जनाएको छ ।
सिजीले सो नीति २०७४ असार १५ गते देखि सिजी मोबाईलस् प्रा. लि.का आधिकारिक विक्रेताहरुबाट खरिद गरिएका र सक्रिय भएका फिचर वा बार फोन मोडेलमा मात्र लागू गरेको जानकारी दिएको छ ।
१०० दिनसम्म केही समस्या आएमा अर्को सेट प्रदान गरिने कम्पनीको दाबी छ ।
यो नीतिमा थप शर्तहरु लागू हुने र नेपालभरि लागू गरिएको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित: २७ असार २०७४, मंगलवार