इन्टेलको तीव्र गतिकाे नयाँ डेस्कटप प्रोसेसर सार्वजनिक

Technology Khabar २९ पुष २०७९, शुक्रबार

इन्टेलको तीव्र गतिकाे नयाँ डेस्कटप प्रोसेसर सार्वजनिक

काठमाडौं ।

इन्टेलले हालै नयाँ डेस्कटप प्रोसेसर कोर आई९-१३९००केएस ल्याएको छ। इन्टेलको उक्त नयाँ डेस्कटप प्रोसेसर ओभरक्लकिङ नगरी ६ गीगाहर्जको स्पिड पुग्ने भएकोले अहिले सम्म उपलब्ध भएका डेस्कटप प्रोसेसर मध्ये सबै भन्दा फास्टेस्ट भएको उल्लेख गरिएको छ। साथै प्रोसेसरको थर्मल भेलोसिटि बुस्ट फिचरले गर्दा चिप चिसो भएको अवस्थामा छिटो गति लिन सक्ने भनी उल्लेख गरिएको छ।

इन्टेलको अहिलेको नयाँ आई९-१३९००केएस प्रोसेसर गत वर्षको जाडोयाममा रिलिज गरिएको आई९-१३९००के प्रोसेसरको अपग्रेडेड भर्सन रहेको बताइएको छ। हालको नयाँ चिपको बेस पावर १५० वाट रहेको छ भने पुरानो भर्सनको चिपको १२५ वाटको लोअर बेस पावरका साथै म्याक्सिम्म स्पिड ५।८ गीगाहर्ज छ।

यद्यपि नयाँ प्रोसेसरको पनि पुरानोको जस्तै गरी २४ ओटा कोरहरु, ३६ एमबी को क्यास अमाउण्ट र २० ओटा पीसीआईई लेनहरु छ। त्यसैगरी अहिलेको नयाँ प्रोसेसर जेड७९० र जेड६०९ मदरबोर्डहरुसँग कम्प्याटिबल हुने र त्यस्का लागि भने बीआईओएस को अपडेट गर्न आवश्यक पर्ने उल्लेख गरिएको छ।

अहिलेको इन्टेल कोर चिप्सहरुमा समावेश गरिएको इल्याभेन्थ जेनको थर्मल भेलोसिटि बुस्ट फिचरले चिप्सहरु चिसो भएको खण्डमा छिटो गति लिन सक्ने दाबी गरिएको छ। प्रोसेसरको थर्मल भेलोसिटि बुस्ट फिचरले गर्दा तापमान ७० डिग्री सेल्सियसको थ्रेसहोल्ड भन्दा कम भएको अवस्थामा क्लक फ्रिक्वेन्सीलाई १०० मेगाहर्जले बढाएर छिटो गति लिने उल्लेख गरिएको छ छ। यद्यपि यसको अधिकतम लाभ लिनको लागि भने राम्रो कुलिङ सिस्टमको आवश्यक पर्छ।

फेब्रुअरीमा सार्वजनिक गरिन भनेको एएमडीको रेजेन ९ ७९५०एक्स३डी भन्दा पहिले  इन्टेलको नयाँ प्रोसेसर सार्वजनिक भएको छ।। रेजेन ९ ७९५०एक्स३डी को ५।७ गिगाहर्जको स्ट्याडर्ड स्पिड र १४४एमबीको ३डी भी–क्यास टेक्नोलोजीले गर्दा सीपीयूमा धेरै क्यासहरु थप्न मिल्छ।

इन्टेलको नयाँ डेस्कटप प्रोसेसर कोर आई९–१३९००केएस शुक्रबारदेखि उपलब्ध हुने र उक्त प्रोसेसरको मूल्य ६९९ अमेरिकी डलर तोकिएको छ।

easy care

प्रकाशित: २९ पुष २०७९, शुक्रबार