भारतीय आईटी कम्पनी टाटा कन्सल्टेन्सी सर्भिससँग सबैभन्दा ठूलो एआई कार्यबल भएको दाबी

Technology Khabar १० बैशाख २०८१, सोमबार

भारतीय आईटी कम्पनी टाटा कन्सल्टेन्सी सर्भिससँग सबैभन्दा ठूलो एआई कार्यबल भएको दाबी

काठमाडौं ।

भारतीय आईटी कम्पनी टाटा कन्सल्टेन्सी सर्भिसका सीईओले कार्यालयमा फर्किएका कर्मचारीहरूलाई धन्यवाद दिँदै इमेल लेखेका छन् जसमा एआई तालिमको बारेमा उल्लेख गरिएको छ। टिसिएस का सीईओ कृतिवासनले इमेल मार्फत नयाँ सीपहरू सिकेकोमा कर्मचारीहरूको प्रशंसा पनि गरेका छन्।

को. कृतिवासनका अनुसार टाटा कन्सल्टेन्सी सर्भिसेस विश्वमा एआईका लागि सबैभन्दा बढी तयार कार्यबल भएको सबैभन्दा ठूलो कम्पनी हो। यसको अर्थ कम्पनीले कर्मचारीहरूलाई आर्टिफिसियल इन्टेलिजेन्समा तालिम दिइरहेको छ र योसँग विश्वको सबैभन्दा ठूलो एआई तयार कार्यबल रहेको बताइएको छ।

टिएससी एउटा आईटी कम्पनी हो जसले एआईको आधारभूत सीपहरूका लागि आफ्ना ३ लाख कर्मचारीहरूलाई तालिम दिएको छ। बिजनेश स्ट्याण्डर्डको रिपोर्टकाअनुसार आर्थिक वर्ष २०२४ को अन्त्यमा कम्पनीका सीईओले कर्मचारीहरूलाई एउटा इमेल लेखेका थिए जसमा उनले कर्मचारीहरूको एआई लर्निङ सीपको बारेमा कुरा गरेका थिए।

कर्मचारीहरुको मिहिनेतलाई धन्यवाद दिँदै के. कृतिवासनले कर्मचारीहरुको मिहिनेतले नै कम्पनीले आज विश्वकै सबैभन्दा ठूलो एआई रेडी वर्कफोर्स बनाउन सफल भएको बताएका छन्।

उनले अहिले जेनएआईसँग सम्बन्धित २०० भन्दा बढी परियोजनामा ​​आफ्ना ग्राहकसँग काम गरिरहेको बताए। जेनेरेटिभ एआई भविष्यमा सबै उद्योगहरूमा समावेश हुनसक्ने भनिएको छ। कम्पनीले टाटा कन्सल्टेन्सी सर्भिस समिट र वर्ल्ड इकोनोमिक फोरमलगायत २०० भन्दा बढी कार्यक्रमहरूमा करिब ११ हजार ग्राहकहरूसँग एआईमा कुरा गरेको छ। जसमा कम्पनीले साझेदारीलाई अझ प्रगाढ बनाउने र एआईमा सहकार्य गर्ने बारे छलफल गरेको थियो।

easy care

प्रकाशित: १० बैशाख २०८१, सोमबार