आईओएस १७.५ ले युरोपमा वैकल्पिक वेबसाइटबाट एप्स डाउनलोड गर्न दिने

Technology Khabar ६ बैशाख २०८१, बिहीबार

आईओएस १७.५ ले युरोपमा वैकल्पिक वेबसाइटबाट एप्स डाउनलोड गर्न दिने

काठमाडौं ।

एप्पलले बुधबार डेभलपरहरूका लागि आईओएस १७.५ बीटा २ जारी गरेको छ। ईयूको डिजिटल मार्केट्स एक्ट (डीएमए) ले गर्दा एप्पलले यो फिचर थप्नका लागि बाध्य भएको हो।

आईओएस १७.५ मा, ईयू आईफोनधनीहरूले अब वेबसाइटहरू (साइडलोडिङ) बाट एपहरू डाउनलोड गर्न सक्षम हुनेछन्। एप्स डाउनलोड गर्नका लागि अब एप्पलको एप स्टोर वा अन्य कुनै एप स्टोर मार्फत जान नपर्ने जनाइएको छ। यसका साथमा एप्पलले वैकल्पिक एप स्टोरहरूलाई समर्थन गर्न थालेको छ।

यसले अब एपहरू फेला पार्ने लचिलोपनलाई थप एक कदम अगाडि बढाएको उल्लेख छ। यद्यपि, यो एप्पलको उत्पादन भएको हुनाले निःशुल्क रुपमा भने उपलब्ध हुने छैन्। आफ्नो वेबसाइटमा डाउनलोड गर्न मिल्ने एप्स अफर (प्रदान) गर्न चाहने डेभलपर्स (विकासकर्ताहरू) ले एप्पलको नोटराइजेसन प्रोसेस (प्रक्रिया) बाट जानैपर्ने छ। डेभलपर्स लगातार दुई वर्ष वा सोभन्दा बढी समयदेखि एप्पल डेभलपर प्रोग्राम (कार्यक्रम) को सदस्य भएको हुनुपर्नेछ भने विकासकर्ता ईयू–आधारित वा सब्सिडयरी हुनु आवश्यक रहेको छ।

यसबाहेक, अघिल्लो वर्ष ईयूमा आईओएसमा एक मिलियन वार्षिक पहिलो इन्स्टल वा सोभन्दा बढी भएका एपहरू मात्र यसरी वितरण गर्न योग्य हुनेछन्।

यद्यपि वेबसाइटहरूबाट डाउनलोड गरिएका एपहरू अन्य सबै एपहरू जसरी नै ब्याकअप, रिस्टोर र अपडेट गर्न सकिने छ।

यस प्रकारको एप स्थापना गर्दा सिस्टा सिट (प्रणाली पाना)ले एपको नाम, विकासकर्ताको नाम, एप विवरण, र स्क्रिनसटहरू डिस्प्ले गरेको देखिने छ भने प्रयोगकर्ताले त्यो विकासकर्तालाई एपहरू इन्स्टल गर्नका लागि स्पष्ट अनुमति प्रदान गर्न आवश्यक हुनेछ। साथै यो फिचर (सुविधा) आईफोनमा युरोपेली युनियन भित्र मात्र प्रयोग गर्न सकिने जनाइएको छ।

डेभलपर्सका लागि भने यसको विपरित वेबसाइटहरूमा वितरित एपहरूको लागि एप्पललाई बिक्रीको कटौती शुल्क तिर्नु नपर्ने उल्लेख गरिएको छ।

एप्पलले विगतको वर्षमा एक मिलियन भन्दा बढी “कोर टेक्नोलोजी शुल्क” को रुपमा प्रत्येक वार्षिक इन्स्टलको लागि ०.५ यूरो माग गर्ने गरेको थियो।

यद्यपि, त्यस्तो कमिशन शुल्क गैर–नाफामुखी, शैक्षिक संस्थाहरू र सरकारी संस्थाहरूको लागि माफ गरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

easy care

प्रकाशित: ६ बैशाख २०८१, बिहीबार