मेसेजिङ्ग प्लेटफर्म ह्वाट्सएपले लन्च गर्यो च्याट फिल्टर्स

Technology Khabar ६ बैशाख २०८१, बिहीबार

मेसेजिङ्ग प्लेटफर्म ह्वाट्सएपले लन्च गर्यो च्याट फिल्टर्स

काठमाडौं ।

ह्वाट्सएपले बुधबार नयाँ फिचरको रुपमा च्याट फिल्टरर्स लन्च गरेको घोषणा गरेको छ। यस नयाँ फिचरले विभिन्न मापदण्ड अनुसार च्याट लिस्ट (सूची) फिल्टर गर्नेछ।

च्याट फिल्टरमा अल (सबै), अनरिड (नपढिएका) र ग्रुप्स (समूहहरू) गरी तीन ओटा फिल्टरहरू रहेको छ र तिनीहरू सजिलो पहुँचको लागि भनेर च्याटहरूको लिस्ट माथि वान–ट्याप एक्सेसकोरुपमा देखापर्ने जनाइएको छ।

च्याट फिल्टरमा रहको ‘अल’ मा ट्याप गर्दा सबै च्याटहरू देखिने छ भने ‘अनरिड’ मा ट्याप गर्दा, त्यहाँ अनरिड म्यासेजेस मात्र देखापर्ने र जहाँ च्याट नखोलिएको अवस्थामा आएका नयाँ सन्देशहरू वा अनरिड मार्क गरिएको सन्देशहरू हुनेछ। त्यसैगरी ‘ग्रुप्स’ मा ट्याप गर्दा आफ्नो मात्रै ग्रुप च्याटहरू र समुदायहरूको उपसमूहहरू (सबग्रुप) देख्न सकिनेछ।

ह्वाट्सएपले आफ्नो एप खोल्दा र सही कुराकानी फेला पार्नका लागि “छिटो, निर्बाध र सरल महसुस” होस् भनेर यो नयाँ च्याट फिल्टर ल्याएको बताएको छ। साथै यी फिल्टरहरूले निकै मद्दत गर्ने जनाइएको छ भने यसले गर्दा अब स्क्रोलिङ पनि कम हुनेछ उल्लेख गरिएको छ।

त्यसैगरी यी च्याट फिल्टरहरू बुधदेखि रोल आउट भएका छन् भने “आउँदो हप्ताहरूमा” प्रत्येक व्हाट्सएप प्रयोगकर्ताका लागि उपलब्ध हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

easy care

प्रकाशित: ६ बैशाख २०८१, बिहीबार