नमस्ते पेद्वारा ग्लोबल मनि विकका अवसरमा विभिन्न कार्यक्रमहरू सम्पन्न

Technology Khabar १६ चैत्र २०८०, शुक्रबार

नमस्ते पेद्वारा ग्लोबल मनि विकका अवसरमा विभिन्न कार्यक्रमहरू सम्पन्न

काठमाडौं ।

नमस्ते पे ले Global Money Week २०२४ को अवसरमा विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ। कम्पनीले १८ मार्च २०२४ देखि २४ मार्च २०२४ सम्म युवाहरूलाई शिक्षित, सचेत र सशक्तिकरण गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको हो।

जस अन्तर्गत नमस्ते पे द्वारा सामाजिक सञ्जालहरू र एप सूचनाहरू मार्फत, नमस्ते पे का प्रयोगकर्ताहरू र फलोवर्सले वित्तीय साक्षरता र वित्तीय समावेशीकरणको बारेमा जानकारी दिइएको हो। वित्तीय साक्षरता र वित्तीय समावेशीकरणका बारेमा जानकारी र नमस्ते पे ले नेपालमा वित्तीय समावेशीकरणलाई कसरी सहयोग गर्छ भन्ने बारे भिडियो तयार गरी Study Material नामको युट्युब च्यानलमा सार्वजनिक गरिएको जनाइएको छ।

त्यसैगरी, नमस्ते पे ले विभिन्न कलेजहरूमा वित्तीय साक्षरता र वित्तीय समावेशीकरण सम्बन्धी सत्रहरू आयोजना गरेको थियो जहाँ युवाहरूले वित्तीय साक्षरता, बजेट, भविष्यको लागि बचतको मूल्य र अन्य सम्बन्धित विषयहरू बारे सिक्ने मौका पाए ।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड द्वारा शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो।

easy care

प्रकाशित: १६ चैत्र २०८०, शुक्रबार

ताजा समाचार