आठ महिनामा २३ करोडको स्मार्टवाच आयात

Technology Khabar ९ चैत्र २०८०, शुक्रबार

आठ महिनामा २३ करोडको स्मार्टवाच आयात

काठमाडौं ।

नेपालमा स्मार्टवाचको आयात घटेको देखिएको छ। भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को फागुन मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांक अनुसार २२ करोड ९२ लाख ३४ हजार रुपैयाँ बराबरको स्मार्टवाच आयात भएको छ।

यस अवधिमा १ लाख ७७ हजार ८७५ यूनिट स्मार्टवाच आयात भएको छ।
गत आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तमा २९ करोड ७४ लाख ७० हजार रुपैयाँ बराबरको २ लाख ३ हजार ४४ यूनिट स्मार्टवाच आयात भएको थियो।

गत वर्षको सोही अवधिको तुलनामा चालु आवमा स्मार्टवाचको आयात ६ करोड ८२ लाख ३६ हजार रुपैयाँ अर्थात २२.९२ प्रतिशतले घटेको छ।

गत आवको तुलनामा नेपालमा स्मार्टवाचको आयात १ लाख ५७ हजार ५३१ यूनिटले घटेको छ।

स्मार्टवाचको आयात मार्फत सरकारले ७ करोड ३ लाख ८० हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

भन्सार विभागको तथ्यांक अनुसार नेपालमा २५ मुलुकबाट स्मार्टवाच आयात हुने गरेको देखिन्छ।

नेपालमा सबैभन्दा धेरै स्मार्टवाच चीनबाट आयात हुने गरेको छ। चीनबाट १९ करोड ७० लाख ८५ हजार रुपैयाँ बराबरको १ लाख ६४ हजार ३३७ यूनिट स्मार्टवाच आयात भएको छ।

भारतबाट १ करोड ९७ लाख ६४ हजार रुपैयाँ बराबरको १२ हजार ७९१ यूनिट स्मार्टवाच आयात भएको छ।

Sajilo Visa

प्रकाशित: ९ चैत्र २०८०, शुक्रबार