अनर प्याड ९ ट्याब्लेट एमडब्ल्यूसी २०२४ लन्च, २.५के डिस्प्ले र स्न्यापड्रागन ६ जेन १ प्रोसेसर

Technology Khabar १६ फाल्गुन २०८०, बुधबार

अनर प्याड ९ ट्याब्लेट एमडब्ल्यूसी २०२४ लन्च, २.५के डिस्प्ले र स्न्यापड्रागन ६ जेन १ प्रोसेसर

काठमाडौं ।

अनरले एमडब्ल्यूसी २०२४ मा अनर प्याड ९ अनावरण गरेको छ। साथै यो म्याजिकबुक प्रो १६ ल्यापटप र म्याजिक ६ प्रो स्मार्टफोन जस्ता अन्य डिभाइसहरूसँगै अनरको ग्लोबल लाइनअपमा नयाँ थप भएको छ।

अनर प्याड ९ गत वर्ष चीनमा लन्च गरिएको थियो भने यसले मनोरञ्जन र उत्पादकता दुवै आवश्यकताहरू पूरा गर्ने लक्ष्य राखेर हल्का डिजाइन प्रदान गर्दछ।

सेन्ट्रल ब्याक क्यामरा सहितको अद्वितीय डेको डिजाइनद्वारा हाइलाइटेड यो ट्याब्लेटको तौल ५५५ ग्राम छ। यसमा हाई स्क्रिन–टु–बडी रेसियो र रिफ्रेस रेटको साथमा १२.१ इन्च, २.५के एलसीडी डिस्प्ल समावेश गरिएको छ।

स्न्यापड्रागन ६ जेन १ एसओसीले सचालित हुने यस ट्याब्लेटमा ८ जीबी र्याम र २५६ जीबी स्टोरेज समावेश गरिएको र अनर प्याड ९ ले सहज कार्यसम्पादनमा सहयोग गर्ने छ। एन्ड्रोइड १३ मा आधारित म्याजिकओएस ७.२ मा संचालन हुने यस ट्याब्लेटले एन्हान्स्ड प्राइभेसी र सुरक्षा प्रदान गर्दछ। डिभाइसको ८३०० एमएएच ब्याट्रीले ३५ वाट फास्ट चार्जिङलाई समर्थन गर्दछ भने ब्याट्रीलाई बारम्बार रिचार्ज नगरी विस्तारित प्रयोगको लागि डिजाइन गरिएको उल्लेख गरिएको छ।

मूल्य निर्धारण र उपलब्धता

अनर प्याड ९ स्पेस ग्रे र स्यान लेक रङ्गमा उपलब्ध छ भने बेलायतमा यसको प्रारम्भिक मूल्य २९९.९९ पाउन्ड स्टर्लिंग र ३४९ यूरो रहेको छ। साथै यो किबोर्ड एक्सेसरिसँग वा एक्सेसरी बिना पनि उपलब्ध हुने थप उल्लेख गरिएको छ। अहिलेका लागि यो ट्याब्लेट बेलायत र आयरल्याण्डमा उपलब्ध हुने बताईएको छ।

easy care

प्रकाशित: १६ फाल्गुन २०८०, बुधबार