लेनोभोले मोबाइल वर्ल्ड कंग्रेसमा पूर्ण पारदर्शी ल्यापटपको अवधारणा प्रस्तुत गर्दै

Technology Khabar ४ फाल्गुन २०८०, शुक्रबार

लेनोभोले मोबाइल वर्ल्ड कंग्रेसमा पूर्ण पारदर्शी ल्यापटपको अवधारणा प्रस्तुत गर्दै

काठमाडौं ।

लेनोभोले मोबाइल वर्ल्ड कंग्रेस (एमडब्ल्यूसी) २०२४ मा पूर्ण पारदर्श ल्यापटप अवधारणा (फुल्ली ट्रान्सप्यारेन्ट ल्यापटप कन्सेप्ट) प्रस्तुत गर्ने योजना बनाएको एक टिजर र लीक भएको रेन्डर्सले उल्लेख गरेको छ। साथै बिहीबार, लीकर इभान ब्लासले एक ईमेज पोस्ट गरेको र त्यसमा सि–थ्रु ल्यापटपको खुलासा गरिएको छ।

ल्यापटपको कभर पार्ट पूर्णतया पारदर्शी ओएलईडीबाट बनेको छ। यो पारदर्शी डिस्प्ले टेक्नोलोजीलाई एलजी र सामसङ दुबैले केही समयदेखि विकास गरिरहेका छन्।

त्यसैगरी डेक सि–थ्रु भएतापनि मुख्य कम्पोनेन्टहरू भने अपारदर्शी चिन भित्र लुकाइएको देखिनेछ। साथै रिमको वरिपरि अलिकति बेजेल पनि रहेको र यो सम्भवतः पोर्ट र एन्टेनाहरूको लागि हुन सक्ने जनाइएको छ भने बाँकी प्यानलमा इम्बेड गरिएको टच–सेन्सेटिभ किबोर्ड भएको उल्लेख गरिएको छ।

बार्सिलोनामा हुने मोबाइल वर्ल्ड कंग्रेसमा ३६०–डिग्री हिन्जको साथ एक उचित टु–इन–वान थिंकबुक १४ जी४, इन्टेल र एएमडी चिप्स भएको थिंकप्याड टी१४ जेन ५, नच भएको टी१४एस, ठूलो टी१६ जेन ३ ल्यापटप र डिट्याचेबल दोस्रो–जेन थिंकप्याड एक्स१२ पनि राखिने अपेक्षा गरिएको छ।

easy care

प्रकाशित: ४ फाल्गुन २०८०, शुक्रबार

ताजा समाचार