वेयर ओएसका साथ वानप्लस वाच २ अर्को महिना एमडब्ल्यूसीमा लन्च गरिने

Technology Khabar ७ माघ २०८०, आईतवार

वेयर ओएसका साथ वानप्लस वाच २ अर्को महिना एमडब्ल्यूसीमा लन्च गरिने

काठमाडौं ।

वानप्लस वाच २ यस वर्ष लन्च हुने भएको छ। वानप्लस वाच २ गत वर्षदेखि नै चर्चामा रहेको थियो। तर पछिल्लो नयाँ रिपोर्टका अनुसार वानप्लस वाच २ एमडब्ल्यूसी बार्सिलोना सार्वजनिक हुनेछ। एमडब्ल्यूसी बार्सिलोना २०२४ फेब्रुअरी २६ देखि २९ सम्म आयोजना हुनेछ।

वाच २ वेयर ओएस मार्फत सञ्चालन हुनेछ। यस अघिको लीक अनुसार यसमा सम्भवत वेयर ओएस ४ हुनेछ। यसले वानप्लस वाच २ लाई मूल वानप्लस वाचभन्दा धेरै हदसम्म फरक बनाउने जीएसएमएरिनाले उल्लेख गरेको छ। २०२१ मा सार्वजनिक भएको वान प्लस वाच ओएसमा चल्ने गर्छ।

शाओमीले गत सेप्टेम्बरमा वेयर ओएसका आफ्नो वाच २ प्रोका साथ डेब्यू गरेको थियो। अब फेरि अर्को चिनियाँ ब्राण्डले वेयर ओएसलाई अपनाउन खोजिरहेको देखिन्छ।

पहिलाका लीका अनुसार वानप्लस वाच २ मा १.४३ इन्चको ओएमओएलईडी डिस्प्ले र क्वालकमको स्न्यापड्रागन डब्ल्यू५ जेन १ चिपसेटद्वारा सञ्चालन हुनेछ।

easy care

प्रकाशित: ७ माघ २०८०, आईतवार

ताजा समाचार