ह्वावे मेटप्याड प्रो १३.२ फ्ल्यागशिप स्पेसिफिकेसनको साथ ग्लोबल मार्केटमा प्रस्तुत

Technology Khabar २८ मंसिर २०८०, बिहीबार

ह्वावे मेटप्याड प्रो १३.२ फ्ल्यागशिप स्पेसिफिकेसनको साथ ग्लोबल मार्केटमा प्रस्तुत

काठमाडौं ।

ह्वावेले मंगलबार दुबईमा एउटा कार्यक्रम आयोजना आफ्नो फ्ल्यागशिप मेटप्याड प्रो १३.२ ट्याब्लेट विश्व बजारमा ल्याएको छ। यो डिभाइस यस वर्षको सेप्टेम्बर महिनामा चीनमा रिलिज गरिएको थियो।

यो डिभाइसले आफ्नो चिनियाँ समकक्षीको जस्तै समान टप–अफ–द–लाइन स्पेसिफिकेसनहरू कायम राखेको छ। त्यसैगरी ह्वावे मेटप्याड प्रो १३.२ ले बजारमा आईप्याड प्रो र सामसङ ग्यालेक्सी ट्याब एस९ अल्ट्रा सँग प्रतिस्पर्धा गर्ने छ।

ह्वावे मेटप्याड प्रो १३.२ स्पेसिफिकेसन्स र फिचर्स

ह्वावे मेटप्याड प्रो १३.२ मा ठूलो १३.२ इन्चको स्क्रिन रहेको छ भने यसको दायाँ बेजेलमा नोच पनि रहेको छ। साथै यो ट्याब्लेट फ्लेक्सिबल ओएलईडी प्यानल भएको विश्वको पहिलो ट्याब्लेट भएको उल्लेख छ। यस ट्याब्लेटको डिस्प्लेले २,८८० x १,९२० पिक्सेलको रिजोल्युसनका साथै १,००० निट्स पीक ब्राइटनेस, १२० हर्ज रिफ्रेस रेट र ९४ प्रतिशत स्क्रिन–टु–बडी रेसियो प्रदान गर्ने जनाइएको छ।

त्यसका साथै यो ट्याब्लेट १०,००० लेभलको प्रेसर र जेरोएमएस लो ल्याटेन्सी सहितको एम–पेन स्टाइलससँग पनि उपयुक्त हुनेछ।

यसको पछाडिको प्यानलमा १३ मेगापिक्सेल र ८ मेगापिक्सेल सेन्सरहरू सहितको सर्कुलर क्यामरा मोड्युल रहेको छ। साथै ट्याब्लेटमा १६ मेगापिक्सेलको फ्रन्ट–फेसिङ स्न्यापरको साथमा एक टीओएफ एकाइ पनि रहेको जनाइएको छ। अडियो फ्रन्टमा, ट्याब्लेटमा ६ वटा डुअल–च्यानल स्पिकरहरू छन्, जसमा स्पाटियल अडियोको लागि समर्थन रहेको उल्लेख छ।

ह्वावे मेटप्याड प्रो १३.२ किरिन ९०००एस प्रोसेसरद्वारा संचालित हुनेछ। साथै यसमा १२ जीबी र्याम र ५१२ जीबी स्टोरेज प्याक गरिएको उल्लेख छ।

त्यसका साथै हिट डिसिपेसनका लागि भनेर यो ट्याब्लेटमा ५२०००एमएम२ भीसी लिक्विड-कूलिंग पनि समावेश गरिएको छ। ट्याब्लेटमा रहेको १०,१०० एमएएच ब्याट्री युनिटले ८८ वाट फास्ट चार्जिङ समर्थन गर्नेछ।

सफ्टवेयरको सन्दर्भमा, मेटप्याड प्रो १३.२ हार्मनीओएस ४ मा चल्ने जनाइएको छ। साथै यसले विभिन्न फिचरहरू जस्तै फ्लोटिङ विन्डोज, डब्ल्यूपीएस अफिस र अन्य थप प्याक गर्ने उल्लेख गरिएको छ।

ह्वावे मेटप्याड प्रो १३.२ को १२ जीबी प्लस २५६ जीबी मोडलको मूल्य ९९९ यूरोबाट सुरु हुने उल्लेख छ भने १२ जीबी प्लस ५१२ जीबी भेरियन्टको मूल्य १,१९९ यूरो पर्नेछ। साथै स्मार्ट म्याग्नेटिक किबोर्ड र एम पेन्सिलको मूल्य क्रमशः १९९ यूरो र ९९ यूरो रहेको उल्लेख छ।

त्यसैगरी यो ट्याब्लेट जनवरी ८ तारिखदेखि प्रि–अर्डरको लागि जाने र युरोपमा जनवरी २२ तारिखबाट ढुवानी सुरु हुनेछ।

easy care

प्रकाशित: २८ मंसिर २०८०, बिहीबार