सामसङ ग्यालेक्सी बुक ४ ल्यापटप अर्को हप्ता लन्च हुने सम्भावना

Technology Khabar १९ मंसिर २०८०, मंगलवार

सामसङ ग्यालेक्सी बुक ४ ल्यापटप अर्को हप्ता लन्च हुने सम्भावना

काठमाडौं ।

सामसङले आफ्नो ग्यालेक्सी बुक ल्यापटपको अर्को पुस्ता लन्च गर्ने तयारी गरिरहेको छ। दक्षिण कोरियाली नयाँ आउटलेट योनहाप न्यूजले उक्त नयाँ डिभाइसहरू यस महिनाको अन्त्यतर्फ, डिसेम्बर १५ मा लन्च हुने रिपोर्ट गरेको छ।

ग्यालेक्सी बुक ४ सिरिज इन्टेलको आगामी कोर अल्ट्रा “मिटियर लेक” ल्यापटप प्रोसेसरहरूले सुसज्जित हुने रिपोर्टले दावी गरेको छ। साथै इन्टेलको उक्त आगामी कोर अल्ट्रा “मिटियर लेक” ल्यापटप प्रोसेसरहरू डिसेम्बर १४ मा डेब्यु गर्ने जनाइएको छ।

त्यसैगरी जीएसएमएरिनाले ग्याओसमार्फत अन–डिभाइस एआई क्यापाबिलिटिजको पुष्टि प्राप्त गर्नुका साथै ग्यालेक्सी एस२४ सिरिजका स्मार्टफोनहरूमा सामसङको इन–हाउस एआई मोडल पनि अपेक्षित रहेको रिपोर्ट गरेको छ।

चिनियाँ सोशल मिडियामा (टेक-रेभ) मार्फत ग्यालेक्सी बुक ४ अल्ट्रामा इन्टेल कोर अल्ट्रा ७ १५५एच “मिटियर लेक” प्रोसेसर (१६–कोर), ३२ जीबी र्याम र १ टीबी एसएसडी रहेको खुलासा गरेका छन्। त्यसका साथै ल्यापटपमा ६ जीबी भीर्याम सहित एनभिडिया जिफोर्स आरटीएक्स ४०५० जीपीयू र १,६००x२,८८० पीक्सेल रिजोल्युसन, १२० हर्ज रिफ्रेस रेट र १६ः१० एस्पेक्ट रेसियो भएको सामसङ निर्मित १६–इन्च ओएलईडी टच प्यानल पनि हुने उल्लेख छ।

easy care

प्रकाशित: १९ मंसिर २०८०, मंगलवार