इजरायल हमासको युद्धको भिडियोका लागि एक्स र मेटा पछि ईयुको टिकटकलाई चेतावनी

Technology Khabar २६ आश्विन २०८०, शुक्रबार

इजरायल हमासको युद्धको भिडियोका लागि एक्स र मेटा पछि ईयुको टिकटकलाई चेतावनी

काठमाडौं ।

इयुले टिकटकलाई इजरायलमा हमासको आक्रमणपछि प्लेटफर्ममा फैलिएको ‘डिसइन्फर्मेसन’ (भ्रामक सूचना) बारे चेतावनी दिएको छ।

ईयु सीईओ शाउ जि च्युलाई एक पत्रमा ‘तत्काल कदम चाल्न’ आग्रह गरेको छ । ‘अर्को २४ घण्टा भित्र’ कसरी युरोपेली कानूनको पालना गरिरहेको छ भन्ने जानकारी पनि माग गरेको छ।

सामाजिक सञ्जाल फर्महरूमा द्वन्द्वको बारेमा डिसइन्फर्मेसनमा बृद्धि भएको छ। सामाजिक सञ्जालमा छेडछाड गरिएको इमेज र गलत विवरणका भिडियोहरू समावेश छन्।

यस्तो कार्यका लागि ईयुले यस अघि एक्स र मेटालाई चेतावनी दिइसकेको छ।

ईयुले टिकटकलाई युवाहरूमाझ यसको लोकप्रियतालाई ध्यानमा राख्न आवश्यक रहेको बताएको छ।

‘टिकटकसँग बालबालिका र किशोरकिशोरीहरूलाई हिंसात्मक सामग्री र आतंकवादी प्रचारका साथै मृत्युका चुनौतीहरू र सम्भावित जीवनलाई खतरामा पार्ने सामग्रीबाट जोगाउने विशेष दायित्व छ,’ ईयुका आयुक्त थियरी ब्रेटनले एक्स पोस्टमा भने।

मंगलबार एक्सलाई यस्तै २४ घण्टाको म्याद दिइएको थियो। फर्मका प्रमुख कार्यकारी लिन्डा याकारिनोले ब्लकलाई हमासले इजरायलमा आक्रमण गरेदेखि “दसौं हजार सामग्रीहरू“ हटाएको वा शंखाको घेरामा राखिएको बताइन्।

उनले सयौं अकाउन्ट हटाइएको दाबी गरिन्।

फेसबुक र इन्स्ट्राग्रामको मुल कम्पनी मेटालाई पनि ईयुले डिसइन्फर्मेसनका लागि यस्तै प्रकारको २४ घण्टे चेतावनी दिएको थियो।

मेटाका एक प्रवक्ताले बीबीसीलाई भनेः ‘शनिबार इजरायलमा हमासले गरेको आतंकवादी हमलापछि, हामीले द्रुत रूपमा विकसित भइरहेको अवस्थालाई नजिकबाट निगरानी र प्रतिक्रिया दिन हिब्रु र अरबी बोल्ने विशेषज्ञहरू सहितको एक विशेष अपरेशन केन्द्र स्थापना गर्यौं।’

easy care

प्रकाशित: २६ आश्विन २०८०, शुक्रबार