मिडिया टेक र ओप्पोले लार्ज मोडल एआईलाई प्रयोगमा ल्याउन सहकार्य गर्ने

Technology Khabar २५ आश्विन २०८०, बिहीबार

मिडिया टेक र ओप्पोले लार्ज मोडल एआईलाई प्रयोगमा ल्याउन सहकार्य गर्ने

काठमाडौं ।

मिडिया टेक र ओप्पोले ‘लार्ज मोडल एआई’लाई प्रयोगमा ल्याउन सहकार्य गरेका छन्। एज डिभाइसहरूमा ठूला मोडल क्षमताहरूलाई क्रमशः सक्षम बनाउने लक्ष्यका साथ हल्का वजनको ठूलो मोडल एज डिप्लोइमेन्ट समाधान सिर्जना गर्न ओप्पो र कलर ओएससँग सहकार्य गरेका हुन्।

त्यस्तै, ओपोले प्रारम्भिक परीक्षणका लागि एन्डिसजीपीटी लार्ज मोडलमा आधारित शाओ बू १.० को बिटा संस्करण ल्याएको उल्लेख छ।

एज एआईले सेन्टरलाइज्ड क्लाउड प्रोसेसिङमा मात्र भरपर्नुको सट्टा लोकल डिभाइसहरूमा आर्टीफिसियल इन्टेलीजेन्स प्रयोग गर्नुलाई जनाउँछ।यसले कम विलम्बता, सुधारिएको गोपनीयता, र अफलाइन कार्यक्षमता जस्ता फाइदाहरू प्रदान गर्ने बताइएको छ।

कमन इज एआई एप्लिकेसनहरूमा अटोनोमस भेहिकल, इन्डस्ट्रियल अटोमेसन , स्मार्ट क्यामरा, हेल्थ केयर, रिटेल, स्मार्ट सिटीहरु, एग्रीकल्चर, एनर्जी म्यानेजमेन्ट, आइओटी डिभाइसहरू, एनएलपी, रोबोटिक्स, र गेमिङ गेमीङ एआर/भीआर समावेश छन्।

यसले डिभाइसलाई डाटा गोपनीयता र जवाफदेहिता कायम राख्न स्वतन्त्ररूपमा सञ्चालन गर्न सशक्त बनाउने छ, जसले यसलाई विभिन्न उद्योगहरूमा महत्त्वपूर्ण बनाउने गिज्माेचाइनामा उल्लेख छ।

मिडिया टेक र ओप्पो बीचको सहकार्य मिडिया टेकको एआई प्रोसेसर, एपीयू, र एआई विकास प्लेटफर्म, न्यूरो पाइलटको वरिपरि केन्द्रित रहेकोछ, जसले टर्मिनल-साइड एआई र जेनेरेटिभ एआई गणनाको लागि एक इकोसिस्टम सिर्जना गर्छ। यो साझेदारीले ठूला भाषा र जेनेरेटिभ एआई मोडलहरू सुधार गर्नमा विशेष ध्यान केन्द्रित गर्दै एज एआई एप्लिकेसनहरूको विकासलाई गति दिने बताइएको छ।

यस सहकार्यको एउटा उल्लेखनीय नतिजा ओप्पोको एन्डिसजीपीटी रहेको उल्लेख छ, जुन एक महत्वपूर्ण जनरेटिभ भाषा मोडल हो। एन्डेस जीपीटीले ४ -बिट क्वान्टाइजेसन टेक्नोलोजीलाई एज यन्त्रहरूमा तैनात गर्दा उच्च सटीकता कायम राख्न प्रयोग गर्ने तथा  यसले परिष्कृत प्रदर्शन प्रदर्शन गरेको उल्लेख छ।

ओप्पोको डिजिटल सहायक, शाओ बु, एन्डेस जीपीटीले सूपर क्लु  बेन्चमार्कको “नलेज र इन्साइक्लोपेडीया” श्रेणीमा ९८.३३ को प्रभावशाली स्कोर हासिल गरेको तथा यसलाई जीपीटी -४ पछि दोस्रो स्थानमा अग्रणी घरेलू भाषा मोडलको रूपमा स्थान दिएको बताइएको छ। यस उपलब्धिले प्राविधिक समुदायमा महत्त्वपूर्ण मान्यता प्राप्त गरेको छ।

ओप्पोले आफ्नो डिजिटल सहायक, शाओ बु बाहेक एन्डेस जीपीटीको प्रयोगलाई विस्तार गर्न र यसलाई कम्पनीका मुख्य उत्पादनहरूको फराकिलो दायरामा समावेश गर्न चाहेको उल्लेख छ।

easy care

प्रकाशित: २५ आश्विन २०८०, बिहीबार