भारतमा ब्ल्याकमेल गर्ने स्क्याम एपको बारेमा बीबीसीले गर्यो पर्दाफास

Technology Khabar २४ आश्विन २०८०, बुधबार

भारतमा ब्ल्याकमेल गर्ने स्क्याम एपको बारेमा बीबीसीले गर्यो पर्दाफास

काठमाडौं ।

तुरुन्त कर्जा दिने एप्सका माध्यमबाट मानिसलाई जालमा फसाउन तथा बेइज्जत गर्दै ब्ल्याकमेल गर्ने स्क्याम भारत, एशिया, अफ्रिका र ल्याटिन अमेरिकामा सञ्चालन भइरहेको छ।

ऋण असुली एजेन्टको दुव्र्यवहारका कारण कम्तीमा ६० भारतीयले आत्महत्या गरेका छन्।

बीबीसीको अनुसन्धान रिपोर्टले यस खतरनाक ठगीबाट लाभ उठाउने भारत र चीनका मानिसहरूको बारेमा पर्दाफास गरेको छ।

विश्वव्यापी ठगी सञ्चालन गर्ने एप कम्पनी पनि १४ देशमा फैलिएको छ। लाज र ब्ल्याकमेलिङ माध्यमबाट जनताको जीवन बर्बाद गरेर यस्ता एपले नाफा कमाउँछन्। यिनीहरुको बिजनेस मोडेल क्रूर भए पनि धेरै सरल छ।

यस्ता एपले कुनै जाँच र खोज बिनबिना केही समयमै कर्जा प्रवाह गर्ने दाबी गर्छन्। सबै एपले ब्ल्याकमेलिङ गर्दैनन् केही राम्रा पनि छन्। यस्ता एप डाउनलोड गर्दा यसले तपाईको कन्ट्याक्ट, तस्बिर र पहिचान पत्र लिन्छ। यिनीहरुले ती जानकारीको प्रयोग बलपूर्वक असुलीका लागि गर्छन्।

ग्राहकले समयमा कर्जा नर्तिदा वा कयौं पटक कर्जा तिर्दा पनि एपले ती सबै जानकारी कल सेन्टरलाई उपलब्ध गराउँछ। यस्ता कल सेन्टरमा अस्थायी रुपमा राखिएका युवा एजेन्ट हुन्छन्। ती एजेन्टलाई ल्यापटप र फोनको मार्फत ग्राहकलाई तनाव वा बेइज्जत गरेर पैसा असुल्ने तालिम दिइएको हुन्छ।

एजेन्टहरुले ग्राहकको फोटोलाई फोटोसप गरेर अन्य व्यक्तिको अश्लिल तस्बिरमा जोडेर कन्ट्याक्ट लिस्टमा भएका सबैलाई पठाउँछन्। यसरी उनीहरुले आफ्ना ग्राहकको बेइज्जत गर्छन्। लाजका कारण पिडितहरु आत्महत्या गर्न बाध्य हुन्छन्।

बीबीसीले यस प्रकारबाट हुने ब्ल्याकमेलिङको सबुत मिलेको दाबी गरेको छ। यस्तो कार्यबाट परिसान भएर भारतमा मात्र कम्तिमा ६० व्यक्तिले आत्महत्या गरेका छन्। यसमा ५० प्रतिशत भन्दा धेरै आत्महत्या तेलंगाना र आन्ध्रा प्रदेशमा भएको छ। मर्ने मध्येको धेरैको उमेर २० देखि ४० वर्षको बीचमा थियो।

यस घोटालाको सिकार हुने धेरै मानिसहरु यस विषयमा कुराकानी गर्न लाज मान्छन्। उनीहरुलाई परिसान गर्ने व्यक्तिहरु अपरिचित हुन्छन् र अघि आउँदैनन्।

बीबीसीले कयौं महिनासम्म यस प्रकारको कारोबरको भित्री जानकारी भएको व्यक्तिको खोजी गरेको थियो। यस्तोमा बीबीसी विभिन्न प्रकारको लोन एपको कल सेन्टरमा असुली एजेन्टको रुपमा काम गर्ने युवकसँग सम्पर्क गर्न सफल भयो।

ती युवा आफै दुव्र्यवहारलाई देखेर परिसान भएको बताउँछन्।

उनी बताउँछन् कि कयौं ग्राहक रुन्थे, कोही आत्महत्या गर्ने कुरा गथ्र्ये। यसले गर्दा उनी रातभर सुत्न सक्दैन थिए। यस ठगी काण्डको पर्दाफास गर्नका लागि बीबीसीलाई मद्दत गर्न उनी तयार भए।

उनले दुई छुट्टा छुट्टै कल सेन्टर मेजेस्टी लिगल सर्भिसेज र कलफ्लेक्स कर्पोरेसनमा रोजगारीका लागि आवेदन दिए। उनले कयौं हप्तासम्म अन्डरकबर रहेर गोपिय रुपमा ती ठाउँको भिडियो बनाए।
उनको भिडियोमा कम उमेरका एजेन्ट ग्राहकलाई परिसान गर्दै गरेको देखिन्छ। एक महिला गाली गर्दै भन्छिन्, सुधरी नत्र म तलाई ठिक पाछु।

एक अन्य एजेन्टले कर्जा तिर्नका लागि आमालाई यौनकर्मी बना पनि भनेका थिए।

उनीले यसरी बेइज्जत तथा परिसान गर्ने एक सयभन्दा धेरै घटना भिडियोमा कैद गरेका छन्।

यस्तो एपबाट कुनै ग्राहकले कर्जा लिन्छन् भने एपले ग्राहकलाई थाहा नदिई कन्ट्याक्ट विवरण लिन्छ।

कर्जा फिर्ता लिनका लागि एजेन्टसँग जे पनि भन्ने छुट हुन्छ। त्यस पछि लाजका कारण उनीहरु कर्जा तिर्न बाध्य हुन्छन् वा जीवन त्याग्न।

एप्सको चिनियाँ कनेक्सन
ताकवे निर्दयी थियो। तर उ एक्लै यो कारोबार सञ्चालन गरिरहेको थिए। उनको सफ्टवेयरको इन्टरफेस आफै चिनियाँ भाषामा परिवर्तन हुन्थ्यो।

ताकवेको बिहै लियांग तियान तियान नामको चिनियाँ महिलासँग भएको थियो। उनीहरु दुवैले पुणेमा जियालियांग नाम मार्फत रिकवरीको कारोबार सञ्चालन गरेका थिए।

यातनाको एक घटनामा प्रहरीले डिसेम्बर २०२० मा ताकवे र लियांगलाई पक्राउ गरेको थियो। तर केही महिना पछि उनीहरु जमानतमा छुटेका थिए। अफ्रि २०२२ मा उनीहरु माथि जबरजस्ती असुली, धम्काउने र आत्महत्या गर्न उक्साउने आरोप निश्चित भएको छ। सो समयसम्म उनीहरु फरार भइसकेका थिए।

easy care

प्रकाशित: २४ आश्विन २०८०, बुधबार