नोकिया २६६० फ्लिप भारतमा नयाँ पप पिंक र लस ग्रीन कलरमा लन्च

Technology Khabar ८ भाद्र २०८०, शुक्रबार

नोकिया २६६० फ्लिप भारतमा नयाँ पप पिंक र लस ग्रीन कलरमा लन्च

काठमाडौं ।

यस वर्षको सुरुआतमा फिनिश कम्पनीले नोकिया २६६० फ्लिपलाई पप पिंक र लस ग्रीन नामका दुई नयाँ जीवन्त रंगहरूमा पुनः लन्च गरेका थियो। अब, उक्त फोनहरू भारतीय बजारमा पनि खरिदका लागि उपलब्ध गराईएको छ।

फोनको डिजाइन र स्पेसिफिकेसन्स् समान रहेको जनाइएको छ। नयाँ फोनमा २.८ इन्चको प्राइमरी स्क्रिन र १.७७ इन्चको सेकेन्डरी स्क्रिनको डुअल–डिस्प्ले सेटअपको साथ ४जी कनेक्टिभिटी रहेको छ।

यो फोन युनिसोक टी१०७ चिपसेट संग सुसज्जित रहेको र ब्लुटुथ ४.२, वायरलेस एफएम रेडियो र एमपी३ प्लेयर समर्थन गर्ने उल्लेख गरिएको छ। साथै यस फोनमा ०.३ मेगापिक्सेल क्यामरा र एलईडी फ्ल्यास पनि रहेको छ।

नोकिया २६६० एक १४५० एमएएच ब्याट्रीको साथ आउने र सो ब्याट्रीले घण्टौँको टक टाइम दिनुका साथै स्ट्यान्डबाइमा हप्ताभर सम्म पनि टिक्ने उल्लेख गरिएको छ। त्यसैगरी फोनमा रहेको आकस्मिक बटनले पहिले नै सेट अप गरिएका कन्ट्याक्टस् मध्ये पाँच जनासँग छिटो सम्पर्क गर्ने सुविधा दिनेछ।

नोकिया २६६० फ्लिपमा मिलाउन सकिने भोल्युम सेटिङ्गस्का साथै क्लियर कल क्वालिटी (स्पष्ट कल गुणस्तर) रहेको र यसले गर्दा कोलाहलपूर्ण वातावरणमा पनि सजिलोसँग सुन्न सकिने जनाइएको छ। यो हियरिङ एड्स (एचएसी) सँग पनि मिल्दो भएकाले श्रवणशक्ति गुमेका मानिसहरूले पनि यसलाई सजिलै प्रयोग गर्न सक्नेछन्। त्यसैगरी नोकिया २६६० फ्लिपलाई हजारौं फ्लिप साइकल्समा परीक्षण गरिएको उल्लेख छ।

नोकिया २६६० फ्लिप पप पिंक र लस ग्रीन भारतमा आगामी अगस्ट २४ देखि अमेजन र नोकिया वेबसाइटबाट भारु ४,६९९ मा खरिदका लागि उपलब्ध हुनेछ।

easy care

प्रकाशित: ८ भाद्र २०८०, शुक्रबार