नोकियाको दुई नयाँ मोडलहरू नोकिया १३० र नोकिया १५० घोषणा

Technology Khabar १८ श्रावण २०८०, बिहीबार

नोकियाको दुई नयाँ मोडलहरू नोकिया १३० र नोकिया १५० घोषणा

काठमाडौं ।

नोकियाले आफ्ना दुई नयाँ मोडलहरू ‘नोकिया १३०’ र नोकिया ‘१५०’ को घोषणा गरेको छ। नोकिया निस्सन्देह रुपमा अझै पनि विश्वको सबैभन्दा प्रतिष्ठित ब्रान्डहरू मध्येको एक हो।

नोकियाको अस्तित्व आजसम्म कायमै रहेको छ र नयाँ मोडेलहरू बजारमा ल्याईरहेको छ। लेजेण्डरी म्यानुफ्याक्चर (निर्माता) ले अन्य ब्राण्डहरुको दबदबाका बिचमा नयाँ फोन ल्याएको गीज्मोचाइनामा उल्लेख गरिएको छ।

केही मानिसहरू अझै पनि स्मार्टफोन भन्दा पुरानो फोनहरू रुचाउने अवस्थालाई ध्यानमा राख्दै नोकियाले १३० र १५० नामका दुई नयाँ मोडल ल्याएको हो।

नोकिया १५०
नोकिया १५० वास्तवमा नयाँ फोन भने होईन्। यो मोडललाई सन् २०१६ माइक्रोसफ्टले पहिलो पटक घोषणा गरेको थियो भने सन् २०२० मा अर्को मेकओभर प्राप्त गरेको थियो। यसै क्रममा अब आएर यो फोन आधुनिक नभए तापनि फोनको ताजा डिजाइन र फिचर्सका कारणले फेरि चर्चामा आएको छ। यो मोडलमा कुनै स्ट्यान्डआउट फिचर्स नभएको र यो फोन स्मार्टफोन पनि नभएको भनेर उल्लेख छ।

नोकिया १५० को प्रोसेसरको बारेमा कुनै पनि जानकारी उपलब्ध नभएको तर यसमा १४५० एमएएच ब्याट्री क्षमताका साथै ०.३ मेगापिक्सेल क्यामरा समावेश गरिएको उल्लेख छ। यद्यपी फोनमा फ्रन्ट क्यामरा भने समावेश नगरिएको तर सबैभन्दा उल्लेखनीय विशेषताको रुपमा यसको ३.५ एमएम हेडफोन ज्याक भएको उल्लेख छ। साथै फोनको अपरेटिङ सिस्टमको एन्ड्रोइड नभएर एस३० प्लस भनिने ओएस प्रयोग गरिएको छ। नोकिया १५० को सबै फिचर्सहरुःनोकिया १३०
नोकिया १३० मोडल नोकिया १५० भन्दा धेरै फरक नभएको उल्लेख छ। यो मोडलमा क्यामरा समावेश नगरिएको हुनाले यस फोनले हामीलाई पहिलाको समयको एक वास्तविक यात्रामा फिर्ता लैजानसक्ने छ। क्यामराको सट्टामा फोनको पछाडिको भागमा एकदम ठूलो स्पिकर ग्रिल देख्न सकिने छ। साथै उक्त स्पिकर स्पोटिफाई वा एप्पल म्युजिक प्रयोग गर्नुको सट्टा रेडियो सुन्न रुचाउने प्रयोगकर्ताहरूका लागि उपयुक्त हुन सक्ने भनी थप उल्लेख गरिएको छ।

यस मोडलमा २४०x३२० पिक्सेल रिजोल्युसन भएको २.४ इन्चको स्क्रिन र लामो ब्याट्री लाईफ प्रदान गर्ने १४५० एमएएच ब्याट्री समावेश गरिएको छ।त्यसैगरी उक्त दुई फोनहरूको बारेमा भन्नको लागि धेरै नभएको र यो फोनले मानिसहरूको विशिष्ट समूहहरूलाई लक्षित गर्ने उल्लेख छ।

easy care

प्रकाशित: १८ श्रावण २०८०, बिहीबार