पब्जी मोबाइल वर्ल्ड इन्भिटेस्नलका खेलाडीले अनर म्याजिक५ प्रो प्रयोग गर्ने

Technology Khabar २१ असार २०८०, बिहीबार

पब्जी मोबाइल वर्ल्ड इन्भिटेस्नलका खेलाडीले अनर म्याजिक५ प्रो प्रयोग गर्ने

काठमाडौं ।

पब्जी मोबाइल वर्ल्ड इन्भिटेस्नल (पीएमडब्ल्यूआई) २०२३ अगामी जुलाई ११ देखि १६ सम्म साउदी अरबको रियादमा आयोजना हुँदैछ। ईस्पोर्ट्सको सबैभन्दा ठूलो प्रतियोगितामा खेलाडीहरुले अनर म्याजिक५ प्रो प्रयोग गर्नेछन्।

गेमर्स८ले पीएमडब्ल्यूआईका लागि चीनको शेन्जेनमा आधारित स्मार्टफोन ब्रान्ड, अनरसँग साझेदारी गरेको प्रेस विज्ञप्तिमा घोषणा गरेको ईस्पोर्ट्सडटनेटले उल्लेख गरेको छ। यस साझेदारी अनुरुप पीएमडब्ल्यूआई २०२३ अनर म्याजिक ५ प्रो डिभाइसमा खेलाइनेछ।

यस वर्षको सुरुमा सार्वजनिक गरिएको ओएलईडी स्क्रीन र १२० हर्ज रिफ्रेस रेटको अनर म्याजिक५ प्रो पब्जीका लागि उपयुक्त मानिएको छ।

अधिकतम पब्जी मोबाइलका शीर्ष खेलाडीहरु आईफोनको प्रयोगबाट प्रतियोगितामा प्रतिस्पर्धा गर्न रुचाउँछन्। पीएमडब्ल्यूआई २०२३ सुरु हुनुभन्दा केही दिन अघि साउदीमा प्रतिस्पर्धी खेलाडीहरु अवतरण गरेसँगै नयाँ डिभाइसमा अव्यस्थ हुन उनीहरुलाई अनर म्याजिक५ प्रो उपलब्ध गराइनेछ।

कुल २० लाख अमेरिकी डलरको कुल पुरस्कार राशी रहेको प्रतियोगितमा विश्वका सर्वउत्कृष्ट र दर्शकले सर्वाधिक रुचाएका १६ टिमबीच प्रतिस्पर्धा हुनेछ। यस प्रतियोगितामा नेपाली टिम डीआरएस गेमिङले पनि प्रतिस्पर्धा गर्दैछ। साउथ एशिया क्षेत्रमा दर्शकहरुको भोटका कारण डीआरएस प्रतियोगितका लागि छनोट भएको हो।

 

easy care

प्रकाशित: २१ असार २०८०, बिहीबार

ताजा समाचार