लेनोभो थिंकबुक प्लस ट्विस्टको स्पेसिफिकेशन यस्तो छ

Technology Khabar २५ जेष्ठ २०८०, बिहीबार

लेनोभो थिंकबुक प्लस ट्विस्टको स्पेसिफिकेशन यस्तो छ

काठमाडौं ।

गत जनवरीमा लेनोभोले सीईएस २०२३ सम्मेलनमा आफ्नो कन्भर्टिबल ४–इन–१ ल्यापटप लेनोभो थिंकबुक प्लस ट्विस्ट प्रदर्शन गरेको थियो।साथै उक्त कार्यक्रममा लेनोभोको ल्यापटप सबैभन्दा हाइलाइट उत्पादनहरू मध्ये एक भएको थियो।

लेनोभोको नयाँ ल्यापटपलाई सामान्य ल्यापटप, पोर्टेबल ट्याब्लेट र ई–इंक रिडर/नोटबुकको रूपमा धेरै तरिकाले प्रयोग गर्न सकिने गीज्मोचाइनामा उल्लेख गरिएको छ।

लेनोभोको यस नयाँ ल्यापटपको व्यावसायिक बिक्री यहि जून महिनामा सुरु गरिने बताइएको छ। यसका साथै लेनोभोले आफ्नो आधिकारिक वेबसाइटमा डिभाइसको स्पेसिफिकेशनहरू सूचीबद्ध गरेको छ। साथै यसले प्रोडक्ट (उत्पादन) को बिक्री नजिकिँदै गरेको संकेत गरेको उल्लेख छ।

लेनोभो थिंकबुक प्लस ट्विस्ट एक डुअल–स्क्रिन ल्यापटप रहेको छ। यसमा १०० प्रतिशत डीसीआई–पी३ कलर गामट, टच इनपुटका साथै २.८ के पिक्सेल रिजोल्युसन सहितको १३.३ इन्च प्राइमरी ओएलईडी प्यानल रहेको उल्लेख छ। त्यसै गरी ल्यापटपको दोस्रो डिस्प्ले १२–इन्चको स्क्रिन रहेको र त्यसमा २५६०x११६० को पिक्सेल रिजोल्युसनको साथै टच इनपुटको समर्थनको लागि इलेक्ट्रोनिक इंक प्यानल प्रयोग गरिएको बताइएको छ।

प्रयोगकर्ताहरूले हिञ्जलाई सामान्य रूपमा खोल्न र बन्द गर्ने मात्र नभएर यसलाई तेर्सो रूपमा फ्लिप गर्न पनि सक्ने बताइएको छ। साथै यसले प्रयोगकर्ताहरूलाई प्यानलहरू बीच सिमलेस स्विच गर्न अनुमति दिने थप बताइएको छ।

यसबाहेक, लेनोभोको यस नयाँ ल्यापटप १३औं जेन इण्टेल कोर–यू सिरिज प्रोसेसरहरू द्वारा संचालित रहेको र यसमा १६ जीबी एलपीडीडीआर५ एक्स र्याम र १ टीबी एसएसडी समावेश गरिएको उल्लेख छ। यस डिभाइस्को तौल लगभग १.३५ किलोग्राम रहेको र मोटाई १७.७ एमएमको छ।

कनेक्टिभिटीको लागि भनेर यस ल्यापटपमा चार्जिङका लागि दुईवटा यूएसबी टाइप–सी पोर्टहरूका साथै डाटा ट्रान्सफर र अडियो आउटका लागि ३.५ एमएम हेडफोन ज्याक रहेको छ। साथै यसमा स्टाइलस इनपुटको लागि समर्थन पनि रहेको छ।

यसबाहेक, ग्याजेटमा ५६ वाट आवर ब्याट्री प्याक समावेश गरिएको बताइएको छ। डिभाइसको रिटेल मूल्य १,६४९ डलर हुने भनेर खुलासा गरिए तापनि आधिकारिक बिक्री मितिको बारेमा अझै कुनै विवरण उपलब्ध छैन्।

easy care

प्रकाशित: २५ जेष्ठ २०८०, बिहीबार

ताजा समाचार