२७ घण्टा ब्याट्री लाईफका साथ अनरको नयाँ इयरबड्स एक्स५ लन्च

Technology Khabar १७ जेष्ठ २०८०, बुधबार

२७ घण्टा ब्याट्री लाईफका साथ अनरको नयाँ इयरबड्स एक्स५ लन्च

काठमाडौं ।

सोमबार अनरले चीनमा अनर ९० र अनर ९० प्रो नामक किफायती प्रिमियम स्मार्टफोनहरू अनावरण गरेको छ। उक्त ह्यान्डसेटहरूसँगै ब्रान्डले वायरलेस इयरफोनहरूको नयाँ जोडी पनि घोषणा गरेको छ।

नयाँ वायरलेस इयरफोनहरूको आधिकारिक नाम अनर इयरबड्स एक्स५ रहेको र उक्त बजेट टीडब्ल्यूएस हालै लन्च गरिएको ओपो एन्को आर२ जस्तै भएको गीज्मोचाइनामा उल्लेख गरिएको छ। यद्यपी, उक्त नयाँ प्रोडक्ट्स (उत्पादन) केवल बेसिक फिचर्स (आधारभूत सुविधाहरू) को साथमा आउने र एक्टिभ नोइज क्यान्सिलेसन (एएनसी) को अभाव रहेको बताइएको छ।

अनर इयरबड्स एक्स५ हाफ–इन–इयर (उर्फ ओपन इयर) वायरलेस इयरबड्स भएको बताइएको छ। यसको चार्जिङ केस एउटा पिबल (ढुङ्गा) जस्तो देखिने र बड्स भने एप्पल एयरपड्स जस्तै देखिने उल्लेख छ।

उक्त एसोसरिज ग्लेज ह्वाइट र कोरल पिंक (गुलाबी) गरी दुई भिन्न रङ्गहरुको विकल्पमा आउने बताइएको छ। साथै यसको मूल्य २९९ युआन (४० डलर) रहेको र आगामी जुन महिनाको ७ तारिखबाट बिक्री गरिने छ।

बड्समा १३.४एमएम ड्राइभर्स फिचर गरिनुका साथै ब्लुटुथ मार्फत कनेक्ट (जडान) हुने उल्लेख गरिएको छ। त्यसैगरी बड्सले मल्टिपोइन्ट कनेक्सन (जडान) लाई सपोर्ट (समर्थन) गर्ने भएकाले एकै समयमा दुईओटा डिभाइसेस (उपकरणहरू)मा कनेक्सन गर्न मिल्ने र डिभाइसहरू बीच स्विच गर्न पनि सकिने छ।

इयरबड्सलाई अनर स्मार्टफोनहरूसँग सहज रूपमा जोड्न सकिने बताइएको छ। साथै इयरबड्स अनर एआई स्पेस एपसँग म्यानेजमेन्ट (व्यवस्थापन) को लागि उपयुक्त रहेको उल्लेख गरिएको छ।

त्यसैगरी प्रयोगकर्ताहरूले एप्लिकेसन प्रयोग गरेर इक्वेलाइजर र अन्य विकल्पहरूसँग खेल्न सक्ने उल्लेख गरिएकको छ। साथै एप मार्फत बड्सलाई पत्ता लगाउन पनि सकिने छ।

बड्सले कलहरूको लागि टच कन्ट्रोल्स र ईभायरोमेन्टल नोइज क्यान्सिलेसन (ईएनसी) समर्थन गर्ने बताइएको छ। साथै बड्सलाई फूल चार्ज गरिएको खण्डमा (चार्जिङ केसको साथ) २७ घण्टाको लागि मूल्याङ्कन गरिएको उल्लेख छ।

यद्यपी, अनर इयरबड्स एक्स५ विश्वव्यापी बजारहरूमा कहिले रिलीज हुनेछ भन्ने कुनै जानकारी छैन् ।

easy care

प्रकाशित: १७ जेष्ठ २०८०, बुधबार

ताजा समाचार