२०० वाट सबवूफरसहितको शाओमी टिभी स्पिकर ५.१.४ सार्वजनिक

Technology Khabar १५ जेष्ठ २०८०, सोमबार

२०० वाट सबवूफरसहितको शाओमी टिभी स्पिकर ५.१.४ सार्वजनिक

काठमाडौं ।

जिङ्गडाङ्गको ‘६१८’ भनिने गरिएको वार्षिक किनमेल महोत्सव चीनमा सुरु हुन लागेको छ। साथै उक्त वार्षिक किनमेल महोत्सवलाई धेरै चिनियाँ निर्माताहरूले नयाँ उत्पादनहरू लन्च गर्ने मौकाको रुपमा लिने गरेका छन्।

विशेष गरी शाओमीले केहि नयाँ होम अप्लाइन्सेस र सीभी ३ नामक नयाँ स्मार्टफोन अनावरण गरेको छ। यसबाहेक, कम्पनीले अब शाओमी टिभी स्पिकर ५.१.४ नामक आफ्नो पछिल्लो स्पिकर प्रस्तुत गरेको छ।

कम्पनीले हाल जारी गरेका सबै टिभी स्पिकरहरूमध्ये यस नयाँ स्पिकरमा हाइयस्ट(उच्च) स्पेसिफिकेसनहरु समेटिएको र डिट्याचेबल (छुट्याउन मिल्ने) डिजाइन सहितको २००डब्लु इनडिपेन्डेन्ट सबवुफर पनि साथै आउने गीज्मोचाइनाले उल्लेख गरेको छ।

शाओमी टिभी स्पिकर ५.१.४ मा डिट्याचेबल डिजाइनसहितको दुईओटा वायरलेस सराउन्ड स्पिकर्स र एक वायरलेस सबवुफ फिचर गरिएको छ। साथै स्पिकरहरूलाई इन्स्टलेसन पश्चात सजिलैसँग व्यवस्थित र चार्ज गर्न सकिने बताइएको छ। त्यसैगरी स्पिकरको अडियो सिस्टम तीनओटा फ्रन्ट च्यानल, दुईओटा फ्रन्ट च्यानल, दुईओटा रियर च्यानल, दुईओटा रियर सराउण्ड च्यानल र एउटा बास च्यानलले सुसज्जित रहेको छ।

शाओमी टिभी स्पिकरको कुल पावर ४५०डब्लु (वाट) सम्म रहेको र १२ ओटा स्पिकर युनिटहरू डुप्लिकेट र रियलस्टिक प्यानारोमिक साउण्ड सिर्जना गर्नको लागि विभिन्न स्थानहरूमा व्यवस्थित गर्न (राख्न मिल्ने) बताइएको छ। साथै स्पिकरको सिस्टम (प्रणाली) ले डल्बी प्यानारोमिक साउण्ड र स्पाटियल साउण्ड इफेक्टस पनि समर्थन गर्ने बताइएको छ। त्यसैगरी स्पिकरको ८ इन्चको इनडिपेन्डेन्ट २०० वाट सबवुफरले थप इमर्सिभ साउन्ड इफेक्ट र बेटर मूभी एक्सपिरियन्स (राम्रो चलचित्र अनुभव) प्रदान गर्ने दाबी गरिएको छ।

त्यसैगरी शाओमी टिभी स्पिकर ५.१.४ ले अनकम्प्रेस्ड डल्बी एटमस मल्टी–च्यानल अडियो प्रसारण गर्नको लागि नयाँ ईएआरसी प्रविधि प्रयोग गरेको बताइएको छ। यसले फोरके ईमेज प्रसारणलाई समर्थन गर्नुका साथै टिभीमा पनि जोडिने उल्लेख गरिएको छ।

थप रूपमा, स्पिकर मेनस्ट्रिम डिभाइसेस (मुख्यधारा उपकरणहरू) को कम्प्याटिबल (अनुकूलता) को लागि अप्टिकल, कोएक्सियल, ब्लुटुथ, यूएसबी र एचडीएमआई पोर्टहरूबाट सुसज्जित रहेको बताइएको छ।

शाओमी टिभी स्पिकर ५.१.४ हाल प्रि–सेलमा रहेको छ भने मे महिनाको आगामी ३१ तारिखदेखि खरिदका लागि उपलब्ध हुने बताइएको छ। यसको स्टाटिङ्र्ग प्राईस (मूल्य) ३,९९९ युआन (५६६ डलर) रहेको उल्लेख छ।यद्यपी कम्पनीले स्पिकर ग्लोबल मार्केटमा उपलब्ध हुने वा नहुने भन्ने बारेमा अझै खुलासा नगरेको उल्लेख छ।

easy care

प्रकाशित: १५ जेष्ठ २०८०, सोमबार

ताजा समाचार