हेटौंडामा टेलिफोन र इन्टरनेटको तार व्यवस्थापन गरिँदै

Technology Khabar १० जेष्ठ २०८०, बुधबार

हेटौंडामा टेलिफोन र इन्टरनेटको तार व्यवस्थापन गरिँदै
सांकेतिक तस्विर

काठमाडौं ।

देशभर नै सहरी क्षेत्रमा विद्युत इन्टरनेट र टेलिफोनको तार व्यवस्थापन चुनौतीपूर्ण गएको अवस्थामा हेटौंडा उपमहानगरपालिकामा इन्टरनेट र टेलिफोनको तार व्यवस्थापन गरिएको छ।

हेटौँडा उपमहानगरपालिका-२ कार्यालयको समन्वयमा वडाभित्र इन्टरनेट र टेलिफोन सेवा वितरण गर्न प्रयोग गरिएका तार व्यवस्थापन सुरु गरेको हो।

वडाध्यक्ष विष्णुगोपाल महर्जनले वडाको सङ्गमचोक क्षेत्रबाट इन्टरनेट र टेलिफोनको तार व्यवस्थापन गर्न सुरु गरिएको जानकारी दिए। उनले विद्युत इन्टरनेट र टेलिफोनको तार अव्यवस्थित रूपमा रहँदा आगलागोसँगै चुँडिएर लत्रँदा दुर्घटनाको जोखिमसमेत बढेकाले सेवा प्रदायक संस्थासँग समन्वय गरी व्यवस्थापन गर्न थालेको बताए। वडाको सबै स्थानमा इन्टरनेट र टेलिफोनको तार व्यवस्थापन गरिने उनले जानकारी दिए।

उनले भने, “सेवा प्रदायक संस्था तार व्यवस्थापनमा इच्छुक देखिएनन्, उनीहरूलाई हाम्रो पनि दायित्व हो भन्ने बोध कम रहेछ, एकै पटक सबैलाई ल्याएर तार व्यवस्थापन गर्न लगाउन सहज हुने छ।” गोरखापत्रबाट

telecom
easy care

प्रकाशित: १० जेष्ठ २०८०, बुधबार

ताजा समाचार