गुगल पिक्सेल ८ प्रो बिल्ट इन थर्मोमिटरसहित आउने

Technology Khabar ६ जेष्ठ २०८०, शनिबार

गुगल पिक्सेल ८ प्रो बिल्ट इन थर्मोमिटरसहित आउने

काठमाडौं ।

गुगल पिक्सेल ८ प्रो बिल्ट इन थर्मोमिटरसहित आउने भएको छ। पछिल्लो लीक अनुसार गुगल पिक्सेल ८ प्रो बिल्ट इन थर्मोमिटरसहित आउन सक्ने लाइभमिन्टले उल्लेख गरेको छ।

पिक्सेल ८ प्रोको डिजाइन यसको पूर्ववर्ती पिक्सेल ७ प्रो सँग मिल्दोजुल्दो देखिन्छ। यद्यपि ७ प्रो जस्तै तीन ओटा अलग क्यामरा हुनुको सट्टा पिक्सेल ८ प्रोसँग सबै क्यामरामा थर्मोमिटर सेन्सर रहेको बताइएको छ।

९१ मोबाइलको रिपोर्ट अनुसार डेडिकेटेड थर्मोमिटर सेन्सरले मानिस र वस्तुको तापक्रम नाप्न सक्नेछ। नयाँ सेन्सर पिक्सेल ८ प्रोमा मात्र उपलब्ध हुने अपेक्षा गरिएको छ र सस्तो पिक्सेल ८ मोडलमा उपलब्ध नहुन सक्छ। रिपोर्टका अनुसार गुगलका कर्मचारीहरूले पहिले नै नयाँ पिक्सेल ८ प्रोको परीक्षण गरिरहेका छन्।

९१ मोबाइलबाट लीक भएको भिडियोले कसरी प्रयोगकर्ताहरूले पिक्सेल ८ प्रो मार्फत आफ्नो तापक्रम लिन सक्नेछन् भनेर देखाइएको छ। लीक भिडियो अनुसार थर्मोमिटर प्रयोग गर्नको लागि, पिक्सेल प्रयोगकर्ताहरूले आफ्नो टेम्पल वा निधार छोप्ने कुनै पनि सामानहरू हटाउनु पर्छ। त्यसपछि उनीहरूले छालालाई नछोइकन फोनलाई आफ्नो अनुहारको नजिक ल्याउनु पर्ने हुन्छ, र त्यसपछि थर्मोमिटरबाट रिडिङ प्राप्त गर्न फोनलाई ५ सेकेन्डसम्म घुमाउनुपर्छ।

पिक्सेल ८ सिरिज यस वर्ष अक्टोबरमा लन्च हुने अपेक्षा गरिएको छ। पिक्सेल ८ प्रो हाल सम्म रिलिज नभएको टेनसोर जी३ चिपसेट र ६.५२ इन्चको स्पोर्ट डिस्प्लेमा उपलब्ध हुनेछ। यो गत वर्ष स्मार्टफोनको भन्दा सानो हुने अपेक्षा गरिएको छ। यसमा सामसङको ५० मेगापिक्सेलको मुख्य क्यामरा र सेल्फीका लागि पन्च होड क्यामरा हुनेछ।

easy care

प्रकाशित: ६ जेष्ठ २०८०, शनिबार

ताजा समाचार