Technology Khabar १ जेष्ठ २०८०, सोमबार
काठमाडौं ।
नेपालमा आज (सोमबार) देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू भएको छ। यसअघि नै नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक सूचनामार्फत जेठ १ गतेदेखि एमडीएमएस लागू गर्ने जानकारी दिएको हो।
गत बैशाख २६ गते सरकारले वैदेशिक रोजगारीमा गएकाहरु स्वदेश फर्कदा दुई ओटा मोबाइल ल्याउन पाउने निर्णय गरेसँगै एमडीएमएस लागू गर्न प्राधिकरणलाई बाटो खुलेको थियो। सरकारको सोही निर्णयअनुसार प्राधिकरण एमडीएमएस कार्यान्वयन तर्फ अघि बढेको हो।
यस अघि प्राधिकरणले २०७९ पुस १५ गतदेखि नै एमडीएमएस सिस्टम लागू गर्न खोजेको थियो।
तर वैदेशिक रोजगारीमा आएकाले आफ्ना आफन्तहरुलाई आफ्नो कमाईबाट मोबाइल ल्याउन बाधा उत्पन्न भएको भन्दै यसको चर्को विरोध भएको छ।
यस बिच प्रधानमन्त्री पूष्पकमल दाहाल (प्रचण्ड)ले पनि तत्काल एमडीएमएस लागू नगर्न निर्देशन दिएका थिए।
प्रधानमन्त्रीको निर्देशन पछि प्राधिकरणले एक सूचना जारी गर्दै एमडीएमएस दर्ता प्रक्रिया तत्कालका लागि स्थगित गरिएको थियो।
अहिले वैदेशिक रोजगारीमा गएकाले दुई ओटा मोबाइल सेट ल्याउन पाउने व्यवस्था कार्यान्वयनमा आएसँग एमडीएमएस दर्ता प्रक्रिया पुनः सुरु गरिएको हो।
प्राधिकरणले समेत सूचनामार्फत एमडीएमएस (mdms.nta.gov.np) को वेबसाइटमा गएर फोन दर्ता भए नभएकोजानकारी लिएर मात्र फोन किन्न सुझाब दिएको छ।
यसैबीच मोबाइल आयातकर्ता तथा व्यापारीहरुले भने आफ्नो व्यापार बढ्ने भएसँगै एमडीएमएसको समर्थन र खुशी व्यक्त गरेका छन्। उनीहरुले दूरसञ्चार प्राधिकरणको सूचनाको आधारमा समाचार नै बनाएर बितरण गरेका छन्।
उक्त जानकारीमा भनिएको छ, “सरकारले विदेशी मुद्रा सञ्चितिमा कमी नहोस् भन्ने उद्धेश्य राखेर मोबाइल आयतमा प्रतिबन्ध लगाउन खोजे पनि गैरकानूनी मार्गबाट भन्सार छलीका फोनहरु लाखौँको सङ्ख्यामा भित्रिँदा रेमिट्यान्समार्फत स्वदेश भित्रिने डलरमा समेत नकारात्मक असर पुग्नुका साथै सरकारले अरवौँ राजश्वसमेत गुमाउनु परेको र गैरकानुनी रुपमा भित्रिने फोनहरु मध्ये चोरीका, रिफर्बिस फोनहरु समेत आउने हुँदा एकातिर आम उपभोक्ताहरु ठगीमा पर्ने र अर्कातिर राजस्व घट्ने तथा मोबाइल व्यवसायीको व्यापारमा व्यापक गिरावट रोक्न एमडिएमएस कार्यान्वयन गर्न लागिएको हो।”
के हो मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडीएमएस)?
करिब एक अर्ब रुपैयाँ लगानीमा तयार भएको भनिएको एमडीएमएसले मुलुकभित्र रहेका प्रत्येक मोबाइल ह्यान्डसेटको प्रयोग, विदेशबाट आयात हुने तथा बजारमा रहेका मोबाइल ह्यान्डसेटलाई व्यवस्थित गर्ने दाबी दूरसञ्चार प्राधिकरणको छ।
यसले मोबाइल सेटको परिचय दिने आइएमइआई (IMEI) नम्बरको दर्ता गरेर सम्पूर्ण मोबाइल ह्यान्ड सेटको जानकारी संकलन गर्नेछ।
यो प्रणालीले कम्तीमा १० करोड आईएमईआई नम्बर दर्ता गर्न सकिनेछ। यो प्रणालीमा आईएमईआई नम्बर राखिएका हरेक डिभाइसहरुको दर्ता र रेकर्ड हुनेछ।
यो प्रणालीमा दर्ता भएका आईएमईआईको आधारमा तीनवटा सूची बनाईने छ। जसमा ह्वाईट लिस्ट, ग्रे लिस्ट र ब्ल्याक लिस्ट हुनेछ। ह्वाईट लिस्टमा हुने मोबाइल ह्यान्ड सेट प्रयोग गर्न पाईने र वैधानिक हुनेछन्।
त्यस्तै ब्लाक लिस्टमा चोरी भएका, हराएका, अवैध भएका नम्बरहरु राखिने छ भने दर्ता भएका तर प्रयोग गर्न नमिल्ने, उजूरी परेर छानबिन हुँदै गरेका तथा संकास्पद नम्बरहरु ग्रे लिस्टमा रहनेछन्।
सिस्टम संचालनमा आएपछि ह्वाइट लिस्टमा राखिएका आइएमइआई नम्बरको ह्यान्डसेट मात्र दूरसञ्चार सेवा प्रदायकका नेटवर्कमा प्रयोग गर्न सकिनेछ।
हराएका, चोरी भएका मोबाइल ह्यान्ड सेट ट्र्याकिङ र ब्लक गर्न सकिने प्राधिकरणको भनाई छ।
यसमा हामीले प्रयोगकर्ता/ग्राहक, आयातकर्ता/बिक्रेता व्यवसायीले के गर्नुपर्छ भन्ने जानकारी दिने प्रयास गरेका छौं।
मोबाइल प्रयोगकर्ताले के गर्ने ?
आयातकर्ताहरु र मोबाइल बिक्रेताहरुले के गर्ने ?
यस्तै यो एमडीएमएसले गर्नसक्ने फाईदा र बेफाईदाहरु निम्न छन्:-
प्रणालीले गर्ने फाईदा
प्रणालीले गर्नसक्ने बेफाईदा
प्रकाशित: १ जेष्ठ २०८०, सोमबार