नबिल बैंकमा क्रेडिट एडमिनिस्ट्रेशन मोड्युल (क्याड मोड्युल) सफलतापूर्वक लाइभ

Technology Khabar ११ बैशाख २०८०, सोमबार

नबिल बैंकमा क्रेडिट एडमिनिस्ट्रेशन मोड्युल (क्याड मोड्युल) सफलतापूर्वक लाइभ

काठमाडौं ।

सफ्टवेयर कम्पनी एसबी सोलुसन्स् प्रालिले नबिल बैंक लिमिटेडमा क्रेडिट एडमिनिस्ट्रेशन मोड्युल (क्याड मोड्युल) सफलतापूर्वक कार्यान्वयन गरेको छ। एसबी सोलुसन्स्ले बनाएको ऋण व्यवस्थापन प्रणाली, क्रेडिट एक्सको एउटा महत्वपुर्ण मोड्युल हो, क्याड मोड्युल ।

नबिल बैंकमा यो सफ्टवेयर प्रणाली कार्यान्वयन भएसगैँ करिब एक बर्षभन्दा बढि समयदेखि यसको नियमित रुपमा उपयोग भईरहेको छ र यसले बैंकको स्वीकृति पत्रसँगै, ऋण तमसुक, प्रतिज्ञा पत्र, जमानतको लिखत आदि लगायत सम्पुर्ण कानुनी कागजातहरू छिटो र सजिलै तयार गर्दै आएको छ।

नबिल बैंकले स्वीकृति पत्र र कानुनी कागजातहरु क्याड मोड्युलबाट तयार गर्दै गरेको एक बर्ष पुरा भएसँगै एसबी सोलुसन्स्ले आफ्नो डिजिटल लेन्डिङ्गको यात्रामा एउटा कोसेढुङ्गा पार गरेको दाबी छ। डकुमेन्ट जेनेरेसन फिचरले बैंकलाई म्यानुअल प्रक्रियाबाट कागजातहरु तयार पार्न लाग्ने समय घटाई ग्राहकहरुलाई छिटो प्रशासनिक सेवाहरु प्रदान गर्न सहयोग गर्दै आएको छ। कम्पनीले २० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंक र वित्तीय संस्थाहरूलाई इनोभेटिभ लेन्डिङ्ग अटोमेसन सोलुसन्स्हरु प्रदान गरिसकेको छ।

“हामी क्याड मोड्युल मार्फत नबिल बैंकमा हाम्रो सोलुसन सफलतापूर्वक कार्यान्वयन गर्न पाउँदा उत्साहित छौं । हामी नेपालका सबै बैंक र वित्तीय संस्थाहरूमा समान स्तरको कानूनी कागजातहरू कार्यान्वयन गर्ने आशा राखेका छौ। नबिल बैंकको सफलता हाम्रो भिजन पूरा गर्नको लागि एउटा ठूलो कोसेढुङ्गा हो,” एसबी सोलुसन्सका सीईओ संजोग मिश्रले भने।

easy care

प्रकाशित: ११ बैशाख २०८०, सोमबार